पानवारी । सिंहवाहिनी मन्दिर धरानमा यही जेष्ठ २ गतेदेखि लगाइएको श्रीमद्भागवत महापुराणको आय व्यय सार्वजनिक गरिएको छ ।

शनिबार धरान–१० पुतलीलाइन स्थित मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर व्यवस्थापन तथा पूराण आयोजक समितिले पूराणमा भएको आय तथा व्यय सार्वजनिक गरेको हो । मन्दिरले लगाएको पुराणमा जम्मा ३९ लाख ६२ हजार ३ सय ८१ रुपैया रकम संकलन भएको र ८ लाख ९५ हजार २ सय ४९ रुपैया खर्च भएको विवरण पूराण आयोजक समितिले शनिबार सार्वजनिक गरेको छ ।

मन्दिरको अगाडीपट्टी जिर्ण अवस्थामा पुगेको भवन बनाउने तथा मन्दिरको पछाडीपट्टी व्यवस्थित गौशाला निर्माण गर्ने उदेश्यले लगाइएको पुराणमा जम्मा ३० लाख ६७ हजार एक सय ३२ रुपैया आम्दानी भएको पूराण आयोजक समितिका संयोजक मानमोहन श्रेष्ठले जानकारी दिएका छन् ।

भवन तथा गौशाला निर्माणका लागी पूराणबाट उठेको रकम मात्र पर्याप्त नहुने भन्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पण्डित केशवप्रसाद अधिकारीले सम्पूर्ण महानुभावलाई सहयोगको लागी अपिल समेत गरेका छन् ।