पथरी । मोरङको कानेपोखरी गाउँपालिका–४ स्थीत बयरवन बजारमा भएको आगालागी पीडित बिनोद बिष्टलाई किर्तन मण्डलीले राहत संकलन गरी आर्थिक सहयोग गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरी कानेपोखरी–४, नारायण चौकमा स्थापीत हरि ऊँ भजन किर्तन मण्डलीले २७ हजार ८ सय ६० रुपैया सहित ४ सय ४० केजी चामल दिएको हो । मण्डलीले आगालागी पीडितको घरमै गएर सो बराबरको चामल र रकम दिएको किर्तन मण्डलीका सचिव देवेन्द्र बिष्टले बताए । आगालागी पीडितलाई राहत स्वरुप चामल र रकम गाउँको सबै घर घरमा गएर संकलन गरी बुझाएको मण्डलीका सल्लाहाकार रमेश दाहालले बताए । वडा नम्बर–४ का फुटबल खेलाडीहरुले आगालागी पीडित बिनोद बिष्टको परिवारलाई १३ हजार रकम बराबरको सामानहरु खरिद गरी राहत रुवरुप दिएका थिए ।। उनीहरुले डसना २ थान,ब्लाङकेट २ थान,तन्ना २ थान,सिरानी २ थान,चामल ५० केजी,तेल ५ लिटर,कुकर १ थान,झुल ३ थान,बाल्टी १ थान, थाल ६ थान, पन्यु र डारु १,१ थान , दाल २ केजी र त्रिपाल १ थान गरी १३ हजार बरावरको सामान दिएको विष्णु सुब्बाले बताए । गत विहिबार बिनोद बिष्टको घर लगाएको लुगा बाहेक सवै धनमाल जलेर नष्ट भएको थियो । घर जल्दा २१ लख ११ हजार बराबरको क्षती भएको छ । काठको दुई तले,टिनको छाँनो,घर देखि गाँसिएको गोठ सबै जलेर खरानी भएको थियो ।