बेलबारी । मोरङको केराबारी ९ बेलचौरीका दलित तथा विपन्न परिवारहरुलाई शनिवार जस्तापाता वितरण गरिएको छ । दलित हकहित समन्वय समिति केराबारीले एक कार्यक्रमको आयोजना गरि बेलचौरीका अति विपन्न परिवारका १२ घरलाई जस्तापाता वितरण गरेको हो । दलित समुदायको हितका निम्ति केराबारी गाउँपालिकाद्धारा विनियोजित रकम मध्यबाट १०÷१० थान जस्तापाता,मुगरा,काँटी र वासर वितरण गरिएको हो । बेलचौरीका रामकृष्ण ऋषिदेव, लक्ष्मण ऋषिदेव, विकी ऋषिदेव, निना ऋषिदेव, लक्की ऋषिदेव, रमेश ऋषिदेव, लिला ऋषिदेव, समान्त ऋषिदेवलले जस्तापाता पाएका छन् । त्यसैगरी लक्ष्मण परियार, राजेश धामी, सुवर्ण परिवार र दिलबहादुर परिवारले पनि जस्तापाता पाएका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोहित कार्की, प्रशाकीय अधिकृत डमरुबल्लभ बराल, वडा नं. ९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले विपन्न परिवारका निम्ति आगामी दिनमा उनीहरुको जीवन स्तर उकास्ने कार्यक्रमहरु ल्याउने बताएका छन् । कार्यक्रम समितिका अध्यक्ष चुरानसिंह विकको सभापतित्वमा सम्पन्न भएको थियो ।