विराटनगर । बैक खातामा सजिलो हस्ताक्षर राख्दै हुनुहुन्छ ? होसियार रहनुहोला ! तपाईको बैंक खाताबाट रकम चोरी भएको पनि हुन सक्छ । बैंक खातामा सजिलो हस्ताक्षर राख्दा चोरी हुने गरेको पाइएको छ । विराटनगरकी एक किशोरीले बैंकमा सजिलै अरु कसैले नक्कल गर्न सक्ने हस्ताक्षर राख्दा लाखौ रुपैया चोरी भएको प्रहरीले खुलसा गरेको छ । विराटनगरकी पूजा विश्वकर्माले एक वर्ष दुहबै बसेर कमाएको ४ लाख १५ हजार रुपैयाँ उनकै साथी झापा बुद्धशान्ती गाउँपालिका १ बस्ने २४ वर्षिय बिनय धिमालले अर्काको चेक अनधिकृत रुपमा प्रयोग गरी झिकेको आरोपमा इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो । अर्काको नामबाट लाखौ रुपैयाँ विराटनगरमा शाखा कार्यालय रहेको हिमालयन बैंक लिमिटेडबाट झिक्ने धिमाललाई विराटनगरबाट पक्राउ गरेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । ‘प्राराम्भीक चरणको बयानमा निजले लाखौं रुपैयाँ फरक–फरक मितिमा झकेको देखिन्छ,’ रानीका प्रहरी प्रमुख निरौलाले भने,’ रकम झिकेको बयानको क्रममा प्रतिवादीले स्वीकार गरेका छन् ।’ प्रहरीले उनलाई बैंकिङ कसुर अपराध मुद्दामा उच्च अदालत विराटनगरमा ७ दिनको म्यात थप गरी अनुसन्धान गरिरहेको निरौलाले जानकारी दिए । बैंकिङ कुसर मुद्दा जिल्ला अदालतमा नहर्ने भएकोले उच्च अदालतमा म्यात थप गरिएको हो । यो मुद्दा उच्च अदालतले हेर्न छ भने प्रहरीले उक्त मुद्दामा ६० दिनसम्म अनुसन्धान गर्न पाउनेछ । त्यसपछि प्रहरीले अभियोगपत्र सहित अदालतमा उपस्थीति गराउनुपर्नेछ ।

घर पठाएको चेकबाट यसरी भयो चोरी पूजा र बिनय मिल्ने साथी हुन् । बिवाहित बिनय विराटनगरमा सिटी रिक्सा चलाउने काम गर्थे । सारो गाह्रो गर्दा पूजाले बिनयलाई सहयोग पनि गर्दै आएकी थिइन् । वैदोशिक रोजगारको लागि दुवई जाने तयारीमा रहेकी थिइन् पूजा । उनको भिषा आएपछि २०७४ असार ७ गते विदेश जाने भइन् । घरबाट विदेश जान आफूलाई चाहिने आवश्यक सामाग्री लिएर घरबाट बिनयको सिटी सफारीमा विराटनगर एर्यपोटसम्म गइन् । उनको ब्याग खोलेर हेरिन, ब्यागमा हिमालय बैंकको चेक बुक भेटिन् । विश्वास गरेर पूजाले घरमा पु¥याएर आफनो ममिलाई चेक दिन आग्रह गर्दै बिनयकोे हातमा थमाइदिइन् । राम्रोसँग चिनजान भएकोले बिनयको विश्वास गरेर उनलाई चेक दिइन् । तर, बिनयले पूजाको ममिलाई चेक नदिकन आफनै साथमा राखे । चेक बुकमा सबै चेकहरु सकियो थियो । एउटा चेक रिक्योर्स अडर अर्थात चेकबुक सकिएपछि उक्त सिलिप लिएर गएपछि हस्ताक्षर मिल्दा अन्य चेक बैंकले सजिलै दिनेगर्दछ । अरुबेला पनि पूजासँगै पैसाँ लिन जाने भएकोले बिनयलाई पूजाको हस्ताक्षर याद गरेका थिए । उक्त सिलिप लिएर बैंक गए । पूजाले गर्ने दुरुस्त हस्ताक्षर बिनय गरे । चेक लिएर आए ।

बिनयले पैसा झिकेको यसरी थाहा भयो लामो समय विदेश बस्दा पूजाले राम्रो पैसाँ कमाएकी थिइन् । कमाएको पैसाँ जति सबै उनले आफ्नो नाममा खोलेको बैंक खातामा राख्दै आएकी थिइन् । ०७५ जेठ ४ गते विदेशबाट घर आइन् । पैसाँको आवश्यक परेकोले उनी बैंकमा पुगिन् । बैंकमा पुग्दा उनको खातामा पैसाँ नै छैन । उनी छानाबाट खसेजस्तै भइन् । दुःख गरेर कमाएको पैसाँ बैंकबाट हराउँदा उनको निद हराम भयो । बैंकको स्टेडमेन्ट मगाइन् । स्टेडमेन्ट हेरिन अनि थाहा भयो आफुले विश्वास गरेकोे साथैबाटै विभिन्न मितीमा पैसाँ झिकेको । त्यसपछि पुगिन आवश्यक कारबाहीको लागि इलका प्रहरी कार्यालय रानी विराटनगरमा पूजा ।