बाबुले गरे छोरालाइ खुकुरी प्रहार
इलाम । इलामको देउमाई नगरपालिका एक जितपुरमा घरायसी विवादमा बाबुको खुकुरी प्रहारमा छोरा गम्भिर घाइते भएका छन् ।
शुक्रबार बिहान करिब साढे सात बजे ६५ वर्षीय यमबहादुर लिम्बूले ४४ वर्षीय टेकबहादुर लिम्बूलाई खुकुरी प्रहार गरि घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट टेकबहादुरको बाँया कोखामा चोट लागेको लिम्बुलाई उपचारका लागि झापा लगिएको प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने यमबहादुरलाई जितपुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































