उर्लाबारी । बिहीबार पक्राउ परेका उर्लाबारीबाट प्रकाशित राष्ट्रिय समाचार पत्रका संम्पादक केदार चौहान शुक्रबार रिहाई भएका छन ।
उर्लाबारीमा संचालित आर.के. इण्डष्ट्रिज प्रालीद्वारा संचालित ओजन पानी उद्योगका संचालक धुव्र पराजुली र नरकाजी श्रेष्ठ सग“ रकम लिएको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गराएको थियो । संपादक चौहानको बिना सर्त रिहाईको लागि संचारजन्य संघ–संगठनहरुले माग गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले ३ हजार धरौटी र असार १७ गते उपस्थित हुने सर्तमा रिहाई गरेको संपादक चौहानले बताएका छन । रिहाई पछि संपादक चौहानलाई पत्रिकाको कार्यालयमा स्थानिय पत्रकारहरुले स्वागत गरेका थिए ।
यसैबिच उर्लाबारीमा संचालित आर.के. इण्डष्ट्रिज प्रालीद्धँरँ संचालित ओजन पानी उद्योगलाई क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर शुक्रबार शिल गरेको छ ।
उर्लाबारी –८ गणेश बिष्टले पानीले सो पानीमा लेदो भेटीएकोले आवश्वक कार्यवाहीका लागि ईलाका प्रहरी कार्यालय उर्लाबारीमा निवेदन दिएका थिए । बिष्टले दिएको निवेदन तथा लेदो सहितको पानी सहित आवश्यक कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको ईलाका प्रहरी कार्यालयका ईन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताएका छन ।
सो पानी उद्योगले म्याद नाघेको पानी बिक्री गरेको तथा न्यूनतम मापदण्ड पुरा समेत नगरी सञ्चालन भईरहेको उजुरी परेपछि सिलबन्दी गरिएको सो कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले बताएका छन । क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र पानी व्यवसायी संघ मोरङको संयुक्त टोलीले पानी उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित भेटिएपछि उद्योगमा सिलबन्दी गरिएको खाद्य निरीक्षक अर्यालले बताएका छन ।