धनकुटा । बिराटनगर देखी तेह्रथुम जिल्लाको म्याङ्गलुङ्गतर्फ डिजेल लिएर जाँदै गरेको ट्याङ्गकर तेह्रथुम जिल्लाको लसुने बजार नजिकैको फिर्केमा बिहीबार अपरान्ह दुर्घटना भएको छ । तेह्रथुमको म्याङ्गलुङ्ग वजार नजिकै रहेको तेह्रथुम पेट्रोल पम्पको लागी २० हजार लिटर डिजल लिएर तेह्रथुमतर्फ जाँदै गरेको ना.७ ख.४६२४ नम्वरको ट्याङ्गकर ढुङ्गा फुटाएको स्थानमा सडक छेउबाट बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याङ्गकर सडकबाट ३ सय मिटर तल आलुबारी मागएर उत्तानो परेको छ । दुर्घटना भएको ट्याङ्गकरचालक र सहचलक भने फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको नाम र वतन खुल्ननसकेको पनि प्ररहीले जनाएको छ । दुर्घटनामा परेको ट्याङ्गकर विराटनगर घर भएका मुकन्द न्यौपानेको भएको बताइएको छ ।