धरान । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा धरान प्रहरीले तीनजनालाई धरान–३ पुरानो बजारबाट पक्राउ गरेको छ । सुनजस्तै देखिने पित्तलको टिल बोकेर ठगी गर्दै गरेको अवस्थामा बिहीबार प्रहरीले झापा जलथल–३ का रामबहादुर लिम्बू, मोरङ उर्लाबारी–४ का अशोक तामाङ र मकवानपुर हेटौडा–४ का मोतीलान लोप्चनलाई पक्राउ गरेको हो । उनीहरु यसअघि पनि धरानको छाताचौकबाट सुन ठगी मुद्दामै पक्राउ परेका थिए । पटके ठगी गरेका उनीहरुलाई ठगी ऐन अन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । उनीहरुको साथबाट ९९ उल्लेखित भएको पित्तलको टिल र फलामको टिल बरामद भएको छ । सादा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
नक्कली सुन देखाई ठग्ने तीन जना धरानबाट पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































