पाँचथर ब्लाष्ट । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनदेखिको बजार ब्यबस्थापनले सडकमा बिच्छाइएको खानेपानीको पाइप हटाएपछि खानेपानीको समस्या भएको हो । दैनिक रुपमा बजारमा पानीको आपुर्ति नभएको अबस्थामा खानेपानीको पाइपहरु हटाएपछि भने पानीको हाहाकार भएको छ । बजारमा बिगत लामो समयदेखि खानेपानीको समस्या हुदै आएको छ । दिन बिराएर प्रति घरधुरी ५० लिटर पानी धारमा थाप्दै आएका बजारबासीहरु अहिले पानी आउन छाडेपछि मारमा परेका छन । बजार ब्यबस्थापन गर्दा यासोक देउराली खानेपानीलाई अस्थाई रुपमा भए पनि निरन्तरता दिएर मात्र बजार ब्यवस्थापनको काम सुरु गरेको भए राम्रो हुने यासोक क्याम्पसका शिक्षण सायक केन्द्रप्रकाश बरालले बताए । बजारको मागलाई धान्न नसकी रहेको देउराली खानेपानी आयोजना बन्द हुद खानेपानी समस्या झन भयाबह हुदै गएको प्रति उनले चिन्ता समेत ब्याक्त गरे । बजार आसपासमा पानीको स्रोत नभएकाले ट्याक्टरमा ढुवानी गरेको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय होटल ब्यवसाही केशब थापाले बताए । अल्पकालिन रुपमाबजारमा देउराली खानेपानी आयोजनाको पानी दिन बिराएर आउने पानी पनि आउन छोडेकाले ट्याक्टरमा ढुवानी गरेको पानी खान बाध्य हुनुपरेको थापा बताउँछन् । खानेपानीको हाहाकार भएपछि गाउँपालिकाको ट्याक्टरबाट स्थानीय छोरुङगा खोलाकोे पानी बजारमा बितरण गरिदै आएको छ । बिगत लामो समयदेखि गाउँपालिकामा खानेपानीको चरम समस्या छ । यासोक–देउराली खानेपानी आयोजनाले ब्यवसायीहरुलाई पानी बिगतरण गर्दै आए पनि स्थानीयको मागलाई धान्न सकिरहेको छैन । यासोक–देउराली खानेपानी आयोजनामा ६ सय ५० घरधुरी अश्रित रहेका छन । तर पानीको चुहावट रोक्न नसक्दा बजारबासीले लामो समयदेखि खोलाको पानी उपभोग गर्दै आएका छन । बजारमा दैनिक दुई लाख ५० हजार लिटर पानी खपत हुने गर्दछ । तर अहिले दैनिक ४० हजार लिटर मात्रै पानी आपुर्ति भइरहेको छ । तर त्यो पानीले बजारको मागलाई धान्न नसकेपछि अहिले गाउँपालिकाको ट्याक्टरले ढुवानी गरेको पानी बजारबासीले उपभोग गर्दै आएका छन । बजार ब्याबस्थापन गर्न अझै केही दिन लाग्ने भएकाले खानेपानीको समस्या थप लम्बिएर जाने बजार ब्याबस्थापन उपभोक्ता समितिका सचिव महेन्द्रबहादुर खड्काले बताए । बजार ब्याबस्थापन गर्न केही दिन लाग्ने भएकाले उक्त समय अवधि सम्मको लागि ट्याक्टरले ढवानी गरेको पानी बजारबासीले उपभोग गर्नुपर्ने खड्कका बताउँछन् ।