पाँचथर ब्लाष्ट । पाँचथरको कुम्मायक गाउँपालिकामा दलित अधिकार र दायित्व बिषयक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनभवनमा सम्पन्न भएको कार्यक्रमा एक नम्बर वडामा बसोवास गर्दै आएका दलित समुदायका पुरुष, महिला र बालवालिकाहरु सयौंको संख्यामा उपस्थीति रहेको थियो । नेपालको संविधान २०७२ मा ब्यावस्था गरिएका दलित समुदायको हक र अधिकारको बिषयमा सहभागीहरुलाई मानवअधिकारकर्मी खगेन्द्र धमलाले सहजिकरण गरेका थिए । समाजमा ब्याक्त रहेको छुवाछुत, अन्धविश्वास र रुढीवादिबादी परम्परा सोचलाई निरुत्साहीत गर्न गाउँघरमा जनचेतना अभिबृढि गर्नुपर्नेमा दलित अधिकारकर्मीहरुले बताएका थिए । कार्यक्रका सहभागीहरुले दलितसमुदायलाई समाजमा अझै पनि भेदभाव र छुवाछुतको दृष्टिकोणले हेर्ने गरेकाले समाजमा समान पहूँच नभएको गुनासो गरेका छन । उनिहरुले दलितसमुदायको लागि बिन्योजन गरेको बजेट कसरी खर्च भईरहेको छ भन्ने सुचनाको हकमा समेत नपाएको भन्दै गुनासो गरेका छन । कार्यक्रमा कुम्मायक गाउँपालिका उपाध्यक्ष सिता आचार्य, जिल्ला समन्वय समिति सदश्य शन्तोस सेन्चुरी, उत्पिडित दलित जाति बिकाश मञ्चका अध्यक्ष भवनी शंकर लगायतले नेपालको संविधानले ब्यवस्था गरेको दलित समुदायको हक र अधिकारलाई सुरक्षित गरेको भन्दै सबै स्थानिय तहमा दलितलाई समान अधिकार र पहुँच हुने बताएका थिए । कुम्मायक गाउँपालिकाले दलित शसक्तिकरण अन्तरगर्त आर्थिक बर्ष ०७४/७५ को लागि एक लाख ९० हजार रकम बिन्योजन गरेको थियो । सबै वडाहरुमा दलित समुदायलाई लक्षित गर्दै बिभिन्न जनचेतनामूलक कार्यक्रम र सिपमूलक तालिको ब्याबस्था गरिएको गाउँपालिकाले जनाएको छ ।