धनकुटा(ब्लाष्ट) । उन्नती परियोजना धनकुटाले जिल्ला पशुसेवा कार्यालय धनकुटालाई पशु स्वास्थ्य जाँचका लागी विभिन्न चार प्रकारका उपकरणहरु निःशुल्क सनिवार एक कार्यक्रमको आयोजना गरि प्रदान गरेको छ । उन्नती परियोजनाले सनिवार जिल्ला पशुसेवा कार्यालय धनकुटामा एक औपचारिक कार्यक्रमको आयोजना गरी ती उपकरणहरु हस्तान्तरण गरेको हो । सो अवसरमा जिल्ला पशु सेवा कार्यालय धनकुटालाई उन्नती परियोजनाले पशुको रगतमा भएको किटाणुलाई सक्रिय पार्ने इन्कुवएटर मेसिन, पशुको विभिन्न रोग परिक्षण गर्ने डिजिटल माइक्रोष्कोप मेसिन, रगत परिक्षण गर्ने क्यामेष्ट्रि एनालाईजर र पशुको अम्लीय पन परिक्षण गर्ने पिएच मिटर प्रदान गरिएको हो । प्रदान गरिएको उपकरण ८ लाख, ४१ हजार, ९ सय, ७९ रुपयाँ, पन्चानव्वे पैसा वरावरको रहेको भेल्यूचेन्ज कोअर्डिनेटर काफ्लेले वताएका छन् । सो हवसरमा उन्ती परियोजनाका टिम लिडर निक्लस हरमेन र भेल्यूचेन्ज कोअर्डिनेटर विष्णु काफ्लेले प्रदान गरेका थिए भने, उपकरण ग्रहण जिल्ला पशुसेवा कार्यालय धनकुटाका प्रमुख शुक्रराज लिम्वुले गरेका थिए । सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु र महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालको उपस्थिति रहेको थियो ।