पानवारी । भट्टराई कुल वंश प्रतिष्ठान धरान उपमहानगर कमिटीको तेश्रो अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । धरानको विजयपुरमा आइतबार सम्पन्न अधिवेशनले रेखबहादुर भट्टराईको अध्यक्षतामा १२ सदस्यीय धरान उपमहानगर कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षद्वयमा मैयादेवी भट्टराई र लेखनाथ भट्टराई, सचिवमा भवानीशङ्कर भट्टराई, सह–सचिवमा भरतमणि भट्टराई र कोषाध्यक्षमा गंगा भट्टराई चयन भएका छन् । सदस्यहरुमा कमल भट्टराई, शारदादेवी भट्टराई, सीताराम भट्टराई, कुबेर भट्टराई, सुशीला भट्टराई, विन्दा भट्टराई रहेका छन् भने बाँकी सदस्यहरु कार्य समितिले चयन गर्ने जानकारी दिइएको छ । अधिवेशनमा भट्टराईको तर्फबाट विजयी भएका जनप्रतिनिधि तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको प्रतिष्ठानकी केन्द्रिय सदस्य कोपिला भट्टराईले बताइन् । साथै भट्टराईहरुको उभौली गोठधुप समेत सम्पन्न गरिएको थियो ।