विजयपुर । धरान उपमहानगरपालिकाले भौतिक तथा सामाजिक बिकासका लागि ‘योजना बैक’ मार्फत पुर्वाधार निर्माण तथा सामाजिक विकासका कामहरु गर्ने निती लिएको छ । आईतबारबाट सुरु भएको तेश्रो नगर सभामा आगामी आर्थिक बर्षमा भौतिक पुर्वाधार तथा सामाजिक बिकासका कार्यक्रमहरुलाई ‘योजना बैक’ मार्फत सञ्चालन गर्ने निती लिएको छ ।बजेटमा नपरेका तर अति आवश्यक भएका योजनाहरु ‘योजना बैक’मा राखेर लगानी खोज्ने र निर्माण गर्ने निती लिइएको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बताए । निती तथा कार्यक्रममा नगरको समग्र विकाका लागि बौद्धिक बहस सञ्चालन गर्ने नितीपनि धरानले लिएको छ । धरानको दिर्घकालिन योजना निर्माणमा धरानका बौद्धिक ब्यक्तित्वहरुको समेत सहभागिता रहने गरि बौद्धिक बहस मार्फत योजनाहरु छनौट गर्ने निती धरानले लिएको हो । तेश्रो नगर सभाको अध्यक्षता गर्दै मेयर सुब्बाले कार्यभार सम्हालेको एक बर्षमा उपमहानगरको स्तरबृद्धि,पर्यटन तथा खेलकुदको भौतिक पुर्वधार निर्माणमा सन्तोषजनक उपलब्धि,बिकास निर्माणमा जनस्तरबाट प्राप्त सहयोग र सद्भाब महत्वपुर्ण उपलब्धि हासिल गरेको बताए । बसपार्क निर्माण सम्बन्धि बिबाद लगभग समाधान भई सकेको बताउदै मेयर सुब्बाले आगामी आर्थिक बर्षबाट त्यसलाई पनि सुरु गरिने बताए ।धरान खानेपानी आयोजनामा अपेक्षित उपलब्धि हासिल गरेपनि बिजयपुरमा रहेको पञ्चकन्या सब सिस्टममा जर्बजस्त उब्जाइएको बिबादका कारण पुरा हुन नसकेको बताए ।जनस्तरबाट विकासका कार्यहरुमा निरन्तर सहयोग पाईरहेपनि नेतृत्वतहमा रहेका हरुको नकारात्मक सोच स्पस्ट देखिएको पनि उनले बताए । ‘धरानको बिकास गर्ने बिषयमा सहयोग र सुझाब दिने भन्दापनि बिरोधका लागि बिरोध गर्ने मानसिकतापनि हामीमाझ रहेछ’ मेयर सुब्बाले नगरसभामा भने । नगर सभामा आगामी आर्थिक बर्ष २०७५÷७६ को निती तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै उपप्रमुख मञ्जु भण्डारी सुबेदीले धरानले चालु आर्थिक बर्षमा हासिल गरेको प्रगति सन्तोषजनक रहेको बताईन । नगरसभामा आगामी आर्थिक बर्षका लागि १ अर्व ८० करोडको बजेट प्रस्तुत भएको छ । चालु आर्थिक बर्षको असार मसान्त सम्मका लागि १ अर्व ६२ करोड ६७ बिनियोजन भएको थियो ।आगामी आर्थिक बर्षका लागि धरान उप महानगरपालिकाको दीर्घकालिन सोच अनुरुप पर्यटन विकासकालागि पर्यटकीय स्थालहरुको पूर्वाधार विकास लगायत पर्यटन प्रबद्र्धनकालागि२ करोड ६२ लाख रुपैया प्रस्ताब गरिएको छ ।चालु आर्थिक बर्षमा पर्यटनतर्फ १ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक बर्षमा खेलकुदलाई १ करोड २ लाख रुपैया प्रस्ताब गरिएको छ । यो रकम चालु आर्थिक बर्षको भन्दा ८ लाख रुपैयाले कमि हो । आगामी आर्थिक बर्षको बजेटमा विगत वर्ष देखि नै संचालन भई रहेका क्रमागत योजनाहरुका लागि १३ करोड विनियोजन गर्न प्रस्ताब गरिएको छ । नगरको समग्र विकासका लागि दीर्घकालिन नगर गौरवका आयोजनाहरु निर्माणका लागि७ करोड विनियोजन गरिएको छ ।नगर प्रमुखको कोषको लागि यो बर्षपनि १ करोड विनियोजन गरिएको छ । यसैबिचचालु आर्थिक बर्षको आर्थिक प्रगति सार्वजनिक गर्दै उप प्रमुख भण्डारीले कुल१ अर्व ६२ करोड ६७ लाख मध्ये चालु तर्फ विनियोजित रकमको ६८ प्रतिशत र पूँजीगत तर्फ ५३ प्रतिशत खर्च भएको उल्लेख गरिन ।रकमको ६८ प्रतिशत र पूँजीगत तर्फ ५३ प्रतिशत खर्च भएको छ । सहरी पूर्वाधार निर्माणतर्फ चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्ममा ४.५ किलोमिटर ढल निर्माण भएका र ४.१२ किलोमिटर ढल निर्माणाधिन अवस्थामा रहेको प्रगति बिरबणमा उल्लेख छ । त्यसै गरी ४ सय ४६ मीटर सडक कालोपत्रे सम्पन्न भएका र ६.३ किलोमिटर सडक कालोपत्रे हुने अवस्थामा रहेको उल्लेख छ । सडक तथा ढल निर्माणतर्फ भने २.४३ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको उप प्रमुख भण्डारीले सभामा जानकारी गराइन । चालु आर्थिक बर्षमा ७ सय ९४मिटर आर.सी.सी. सडक निर्माण सम्पन्न भएको तथा १.३ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको विबरणमा उल्लेख छ । त्यसैगरि १.२ किलोमिटर रिटेनिंगवाल निर्माण सम्पन्न भएको र १ सय १३ मिटर वाल निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ ‘खानेपानी आयोजना तर्फ केन्द्रीय प्रणाली अन्तर्गत चारकोसे जंगल क्षेत्रमा निर्माण गरिएको डिप ट्युवेलबाट पिण्डेश्वर तथा सुम्नीमा प्रणालीको ट्यांकीमा पानी पुर्याई वितरणको प्रक्रिया शुरु गरिएको गरिएको छ’ नगरसभामा प्रस्तुत गरिएको चालु आर्थिक बर्षको प्रगति बिबरणमा उल्लेख छ । सतह स्रोतको पानी सुदृढीकरण गर्ने सेडिमेन्टेन्सन, ट्यांकी तथा फिल्टर निर्माण सम्पन्न गरिएको विवरणमा उल्लेख छ । ‘प्रस्तावित पाँच वटा वितरण प्रणाली मध्ये विजयपुर उपप्रणालीको काम हालसम्म स्थगित रहेको तथा अन्य सम्पूर्ण प्रणालीको ९५ प्रतिशत प्रगति हासिल भई वडा नं. १७ मा खानेपानी सेवा शुरु भएको छ ।’ विवरण्मा उल्लेख छ । सभा सोमबार विहान ८ बजे सम्मका लागि स्थगित भएको नगरसभका सचिब तथा धरान उपमहानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

विराटनगर महानगरको बजेट ४ अर्व ४७ करोड, २ वर्षमा हिलाे मुक्त विराटनगर पथरीशनिश्चरेको बजेट ६० करोड वढी