चक्रघट्टि/सुनसरीको बराहक्षेत्रमा अपाङ्गमैत्री नगर बनाउने उदेश्यले करुणा फाउण्डेसन अफ नेपालले बराहक्षेत्र नगरपालिकासँग समन्वय गरी साझेदारी रुपमा ३ बर्ष नगरमा काम गर्ने भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा स्वास्थ्य,पुर्नस्थापना लगायतको क्षेत्रमा बिभिन्न काम गर्ने लक्ष्यका साथ बराहक्षेत्र नगरपालिकाका ११ वटै वडामा योजना छनौट भैसकेको छ । यस आर्थिक बर्ष ०७५/०७६ का लागी ६६ लाख २१ हजार ८ सय ४५  बजेट छुट्याइएको छ । जसमा नगरपालिकाको तर्फबाट २५ लाख ६४ हजार ८ सय ६५ र करुणा फाउण्डेनले ४० लाख ५६ हजार ९ सय ९० रुपैया छुट्याइएको छ । ७ वटै प्रदेशका सबै स्थानिय तहमा काम गर्ने लक्ष्य रहेको र सुनसरीको बराहक्षेत्र र दुहबीमा यो कार्यक्रम सञ्चालन भैरहेको करुणा फाउण्डेसनका वरिष्ठ अधिकृत पदम लम्सालले बताए । अपाङ्गता भएका व्यक्तिहरु उनीहरुले पाउने सेवा सुबिधा र पहुचबाट सधै वञ्चित रहदै आइरहेका थिए पहुच सम्म पुग्न नसकिरहेको अवस्थामा करुणा फाउण्डेसन र बराहक्षेत्र नगरपालिकाको समन्वयमा भएको कार्यक्रमले सबैमा पहुच पुर्योउने आशा रहेको अपाङ्गता भएका व्यक्तिहरुको समुहका सचिव जिवन सापकोटा बताउछन् ।

बराहक्षेत्र नगरलाई अपाङ्गता भएका व्यक्तिलाई सपाङ्ग जतिनै योग्यता क्षमताको बिकास गरी अपाङ्ग मैत्री नगर बनाउने साथै अपाङ्गलाई कसरी सपाङ्ग सरह लान सकिन्छ , अपाङ्गता भएका व्यक्तिको हक , हितका लागी आफु सदैव लागी पर्ने नगर प्रमुख निलम खनालले बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुले अरु सरह नै बाच्न र जिउन पाउनु पर्छ । लक्षित वर्गलाई छुट्याइएको बजेट सेमिनार र गोष्ठीमा प्रयोग भैरहेको छ । यसले व्यक्ति ,परिवार,समाज र नगरले प्रतिफल पाइरहेको छैन । प्रतिफल मुखी बनाउन व्यबसायिक र सिपमुलक तालिम दिएर दक्ष बनाउनु जरुरी रहेको खनालले बताएका छन् ।