यासोक/ पाँचथरको सुख्खा ग्रस्त क्षेत्र यासोक बजारले खानेपानी अयोजना पाउँने भएको छ । लामो समयदेखि कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा तमोरलिफ्ट खानेपानी आयोजनाको काम स्थगित हुदै आएको थियो । बजार अव्यवस्थित हुदा पाइप बिस्तार गर्न निर्माण कम्पनीलाई समस्या हुदै आएको थियो ।

समस्या समाधान गर्न पटक–पटक उपभोत्ता समिति, निर्माण कम्पनी र जनप्रतिनिधिहरु सहितको त्रिपक्षीय बैठकले निर्कष निकाल्न नसक्दा लामो समयदेखि आयोजनाको काम स्थगित हुदै आएको थियो । तर अहिले गाउँपालिकाले बजार ब्यवस्थापनको काम सुरु गरेसंगै आयोजनाको कामले पुणता पाउँन लागेको हो । निर्माण कम्पनीले बजारको दुवै भागलाइ समेट्ने गरि पाइप बिस्तार गर्न लागेको छ । गाउँपालिकाले बजार ब्यवस्थापनको काम सुरुगरे पछि पाइप बिस्तारमा सहज भएको आयोजनाको काम गर्दै आएको प्रेरा स्वामी नारायण जेभीका निर्माण व्यवसायी लोकेन्द्रराज भण्डारीले बताए । बजारको दुवै साइटको भागमा बितरण पाइपलाइन अन्तरगतकाे मूख्य पाइपलाइन बिस्तारको काम गर्न बाटो खुलेको छ । उनले भने । बजारमा बाकी रहेको आठ सय मिटर पाइप बिस्तारको काम अब सुरु हुन्छ । भण्डारी बताउँछन् कुम्मायक गाउँपालिकाको मुख्य समस्याको रुपमा रहेको ढलनिकाश र बजार व्यवस्थापनकाे काम एकै साथ अघिबढिरहेको छ । यस्तो अवस्थामा निर्माण कम्पनीलाई पाइप बिस्तार गर्न सहजहुने उपभोत्ता समितिका अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए । बजारको दुवै भागबाट ढल निकाशको काम अघि बढिरहेको छ, खानेपानीको पाइप दिर्घकालिन सोचका साथ बिछ्याउँने काम पनि हुन्छ । सम्बाहाम्फेले भने ।