बेलबारी । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा पाँच दिने परियोजना प्रस्ताव लेखन तालिम मंगलवार देखि शुरु भएको छ । आदिवासी जनजातिहरुको क्षमता अभिवृद्धि गर्न आयोजित तालिमको उद्घाटन बेलबारी नगरका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । क्षमताको विकासले दक्ष नागरिकको उत्पादन हुने भएको हुँदा कार्यक्रमको सफलताको शुभकामना दिदैं प्रमुख सुवेदीले तालिमबाट लाभ लिन सहभागीहरुलाई अनुरोध गरेका छन् । प्रशिक्षण कार्यक्रममा आदिवासी अभियन्ता गोपाल देवानले सहजीकरण गरिरहेका छन् । कार्यक्रम बारे बोल्दै महासंघका अध्यक्ष तिलकप्रसाद राईले भौतिक विकास भन्दा पहिले सामाजिक विकासमा राज्यले जोड दिनु पर्ने धारणा राखेका छन् । प्रशिक्षण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रत्येक वडाबाट चार–चार जना प्रशिक्षार्थीहरु सहभागि भएका छन् ।