पाँचथर/ फिदिम नगरपालिका–१, का विद्याबरदान इङलिस बोर्डिङ स्कुल र नयाँ नमुना माविका बिद्यार्थीलाई राष्ट्र सेवा दल तालिम दिन सुरु गरिएको छ । नेपाली सेनाको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित ९० दिने तालिम ३६ छात्र र ३६ छात्रा गरी ७२ बिद्यार्थीले लिइरहेका हुन् । सोमबार फिदिम–२, स्थित भैरवी दल गणका गणपति हरिबहादुर विकले ‘राष्ट्रिय सवा दल जुनियर डिविजन ४५ औं ब्याज’ उद्घाटन गरेपछि मंगलबारदेखि बिद्यार्थीले तालिम लिन थालेका हुन् । तालिममा सैनिक कला, ट्रेकिङ, ह्याकिङ, ड्रिल, सामूहिक क्याम्प सञ्चालन, ट्राफिक सचेतना, चेलिबेटि बेचबिखनबारे सचेतना, लागुऔषध दुब्र्यसनीबारे सचेतनाका तालिम प्राप्त गर्नेछन् । तालिमका उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई विभिन्न मुलुकहरुमा हुने युथ एक्सचेञ्ज कार्यक्रमहरुमा सहभागि गराइने गणपति बिकले बताए । युद्धका बेला देशका युवाहरुलाई राष्ट्रप्रति समर्पित गराउँने उदेस्यले बेलायतबाट सुरु भएको यस्तो तालिमको सुरुवात भएको बताइन्छ । पाँचथरमा २०७३ सालदेखि बिद्यार्थीलाई सेनाले यो तालिम दिन सुरु गरेको थियो ।