धनगढी /  कैलालीको गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा  गएरातिदेखिको अबिरल वर्षाका कारण घर भत्किँदा एक परिवारको च्यापिएर एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदाबरी नगरपालिका–९ धनचौरीमा काठले बनेको कच्ची घर गएराति भत्किँदा ६० वर्षीया एक महिलाकाे च्यापिएर घटनास्थलमै मृत्यु भएको हाे। राति सुतिरहेको अवस्थमा अचानक कच्ची घर भत्किएको थियो । घटनामा घाइते अर्का एककाे अवस्था खतरामुक्त रहेको छ । रासस