पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिकामा बहुक्षेत्रिय कार्यक्रम अन्र्तरगत हजार दिनका आमाहरुलाई पोषणका सामाग्रीहरु बितरण गरिएको छ । गाउँपालिका वडा न. ४ र ५ का दुईसय जना आमाहरुलाई लक्षित गर्दै एक बोरा सिमेन्ट, प्लाष्टिक पोखरी, बिउ विजन, कुखुराका चल्ला लगायतका सामाग्रीहरु बितरण गरिएको छ । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत ११ लाख र नेपाल सरकारको ११ लाख गरि कुल २२ लाख रुपयाँको लागतमा बहुक्षेत्रिय कार्यक्रम दुईवटै वडामा सम्पन्न भएको हो । गाउँपालिकाको ५ न. वडामा १ सय २५ जना र ४ न. वडामा ७५ जना गरि २ सयजना आमाहरुलाई पोषण सामाग्री बितरण गरिएको कुम्मायक गाउँपालिका स्वास्थ्थ संयोजक लक्ष्मण ढकालले बताए । पोषण कार्यक्रमबाट छुटेका हजार दिनका आमाहरुको पुनः डाटा संकलन गरि आर्थिक वर्ष २०७५ सालको साउनबाट पोषणको सामाग्री वितरण गर्ने ढकालले बताए । हजार दिनका आमाहरुलाई लक्षित गर्दै गाउँपालिकाले सबै वडाहरुमा आगामी आर्थिक वर्षदेखि बहुक्षेत्रिय पोषण कार्यक्रम सञ्चालन गर्ने छौ । ‘हजार दिनका आमाहरुलाई कुपोषितबाट सुपोषित बनाउँने लक्ष्य सहित यो कार्यक्रम लागु गरिको हो उनले भने ।