पाँचथर । सामाजिक कार्यमा सक्रिय जनसेवा समाज पाँचथरले फरक क्षमता भएका एक व्यक्तिका लागि सदरमुकाम फिदिममा केश तथा दारी काट्ने सैलुन खोलिदिएको छ ।
फिदिम नगरपालिका–९, लुम्फाबुङ बस्ने कान सुन्न नसक्ने नन्दु लाओतीका लागि जन सेवा समाजको पहलमा सैलुन खोलिएको हो । फिदिम बजारको पेट्रोलपम्प अगाडि खोलिएको सैलुनको मङ्गलबारपाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपालले उद्घाटन गरे । नन्दुका लागि उद्योग वाणिज्य सङ्घ अध्यक्ष नेपालले सैलुनमा आवश्यक पर्ने केश तथा दारी काट्न प्रयोग गरिने सामग्री, महासचिव नवराज घिमिरेले दुई वटा ऐना र समाजसेवी सोम थपलियाले कुर्सी र टुल उपलब्ध गराएका छन् । उक्त सैलुनमा पाँचथर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सुवराज थापाबाट पहिलोपटक दारीसमेत काटिएको थियो । फरक क्षमता भएका नन्दुका लागि जीविकोपार्जनको माध्यम बनोस् भन्ने उदेश्यले पहल गरी सैलुन खोलिदिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
फरक क्षमता भएका नन्दुका लागि सैलुन स्थापना
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































