ब्लाष्टखबर/ हिजाे भ्रष्टाचारसम्बन्धी आरोप लागेका पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले अाज जमानत पाएइ रिहा भएका छन् । उनलार्इ हिजाे भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको थियाे । ६४ वर्षीय रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको र उनी विरुद्ध अाज सोही अभियोग दर्ता गरिने भएको छ । रजाकले गरेकाे भनिएकाे भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाए पछी, गत मे महिनामा भएको संसदीय निर्वाचनमा उनकाे सत्तारुढ गठबन्धन पराजित हुनुपरेकाे थियो भने यस अघी पनि प्रधानमन्त्री बनीसकेका ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरे संगै मोहम्मद प्रधानमन्त्री भएका हुन।
महाथिरले अर्थव्यवस्था, संस्कृति र मलेशियाको सरकारमा महत्त्वपूर्ण प्रभाव पारेको थियो। उनले पाँच लगातार चुनाव जिते र मलेशियाकाे इतिहासमा अन्य प्रधान मंत्री भन्दा बढी 22 वर्ष लामाे पदभार सम्हालेका थिए । उनकाे कार्यकालमा मलेशियाले छिटो आर्थिक विकासको अनुभव गरेकाे थियाे ।
निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो । निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रजाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो । उहाँकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उहाँका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।