धनकुटा / संघियताको नयाँ संरचनासंगै सबै खाले राज्यको सेवा सुविधा गाउँ–गाउँमा पुगेसंगै ब्यापारीक चहलपहल बढ्न थालेको धनकुटाको नगरपालिकाको वडा नं. ९ बेलहारा डाँडामा वुधवार अस्थाई प्रहरी चौकी स्थापनागरिएको छ । अस्थायी प्रहरी चौकीको धनकुटा जिल्लाका प्रमुख जिल्लाअधिकारी मनोहर प्रसाद खनालले एक औपचारिक समारोहको साथ गरेका छन् ।

धनकुटा न.पा. वडा नं.९ वेलहरा डाँडा र आसपासको क्षेत्रमा टमाटरको मुख्य कारोबार रहेको यस क्षेत्रको ब्यापारीक गतिबिधि र सामाजिक सुरक्षालाई राज्यको तर्फबाट प्रत्याभुती गराउन अस्थायी प्रहरी चौकीस्थानिय वडाबासीको मागअनुसार स्थापनागरिएको हो । अस्थायी प्रहरी चौकी स्थापनासंगै सो क्षेत्रको शान्ति सुरक्षामा सुधार आउने स्थानियले आशा गरेका छन् ।

कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड हुंदै सहिदभूमि गाउँपालिका भित्र पर्ने खोकु, छिन्ताङ्ग, आँखिसल्ला क्षेत्रको मुख्य ब्यापारीक केन्द बन्दै गएपछि बेलहाराको थानीबजारको चौकमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको वडाध्यक्ष सन्दिप रायमाझीले जानकारी दिएका छन्। शहिदभुमी गाउँपालिकाको विभिन्न वडाबाट मार्गाको छेडी हुँदै बेलहरा आएपछि कोशि लोकमार्गको गुठीटार आई धरानसम्म जान छोटो दुरी हुन आउँछ ।

अस्थायी प्रहरी चौकीको प्रजिअ मनोहर प्रसाद खनाल, जिल्लाप्रहरी कार्यालय धनकुटा प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग, राष्ट्रिय अनुसन्धानका प्रमख तुलसी कट्टेलले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । चौकी उद्धघाटन गर्न पुगेका प्रशासनको टिमलाई गुठिटार, बेलहारा छिडि सडक उपभोक्ता समितिका अध्यक्ष अजित राई लगायत स्थानिय बेलहारा बासीहरुले भव्य रुपमा स्वागत गरेका थिए । चौकी स्थापनागर्नका लागिबिशेष भूमिका खेलेका वडा अध्यक्ष रायमाझीलाई स्थानियबासीले धन्यवाद ज्ञापन गरेका छन् । अस्थायी प्रहरी चौकीमाप्रहरी सहायक निरिक्षकको नेतृत्वमा एक दर्जन प्रहरी रहने जिल्लाप्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गले बताएका छन् ।