पाँचथर/पाँचथरको फालेलुङ गाउँपालिकामा गत वर्ष पहिरोमा परी दुई जनाले ज्यान गुमाए । बेपत्ता भएका दुई जनाको शव नै भेटिएन ।

[caption id="attachment_50108" align="aligncenter" width="800"] फायलफाेटाे[/caption]

सडक छेउछाउबाट गएको पहिरोले बितण्डा मच्चाउँदा दर्जनौं परिवार विस्थापित हुन पुगे । यो वर्ष पनि फालेलुङबासी गत वर्षको नियति भोग्नुपर्ने त्रासमा छन् । पर्यावरणमा पर्ने अल्पकालीन र दीर्घकालीन असरलाई ध्यान नदिई जताततै सडक खन्नाले जिल्लामा पहिरोको जोखिम निम्तिएको छ । सम्भाव्यता अध्ययन नगरी पहाडलाई चिराचिरा पारेर सडक खन्नाले धेरै जोखिम निम्तिएको सरोकारवालाले गुनासो गरेका छन् । जिल्लामा ग्रामीण सडक प्रशस्तै रहे पनि प्राविधिक हिसाबले ती निकै कमजोर रहेको जिल्ला प्राबिधिक कार्यालयका इन्जिनियर जयराम श्रेष्ठले बताए । पाँचथरमा गत आर्थिक वर्षसम्ममा दुई हजार ४४२ सय किलोमिटर ग्रामीण सडक बनेका थिए । तर दुई सय ३० किलोमिटर सडकमा मात्र वर्षभरी सवारी साधन चल्ने सकिन लागेको चालु आर्थिक वर्षमा पनि स्थानीय तहले ग्रामीण सडकमा ठूलो बजेट बिनियोजन गरेका थिए ।