विराटनर/ सिमावर्ती बजार भारतको जोगवनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको अवैध १९ तोलो ९३ ग्राम चाँदी सहित एक जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलका प्रहरी कार्यालय रानी विराटनगरले भारतको अररीया जमुवा ग्रामपंचायतका २२ वर्षिय राज कुमार शाहलाई विराटनगर – १५ हुलास मेटल चोकबाट अवैध रुपमा नेपाल भित्राएको अवैध चाँदीसहित पक्राउ गरेको हो ।
‘शंकास्पद लागेपछि चाकजाच गर्ने क्रममा अवैध चाँदी सहित भारतीय नगरिक साहलाई पक्राउ गरेको हो,’ ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले भने, ‘खोजतलासी गर्ने क्रममा उनको साथबाट अवैध चाँदी फेला पर्यो ।’ साहले बोकेको झोलाबाट प्रहरीले चाँदीको तयारी गहना, हातमा लगाउने पंन्जा २ जोर, औंठी २४ वटा, स–साना चाँदीको दानाहरु प्रहरीले बरामद गरेको छ ।
विराटनगरका सुन चाँदी व्यापारीहरुले काचो चाँदी लुकाई छिपाई गरेर भारत पुर्याउने र आर्षणक गरगहना बनाएर अवैध रुपमा नेपाल भित्राउने गरेको बताइएको छ । नेपालमा भन्दा भारतमा तयारी गरगहना बनाउँदा ज्याला सस्तो हुने र आर्षण बनाउने भएकोले व्यापारीहरुले भरिया प्रयोग गरी अवैध रुपमा कारोबार गर्ने गरेको जानकारहरु बताउछन् ।
बरामद गरेको अवैध चाँदीको सामाग्रीहरु विराटनगरमा सुनचाँदी पसलको अर्डन अनुसार लाने गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीले बरामद गरेको अवैध चाँदी बिहीबार बिराटनगर भन्सार कार्यालयमा बुझाएको छ । तीन पटकमा २ केजी ७० तोला अवैध चाँदी बरामद इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको असार २१ गतेसम्म तीन पटक भारतबाट नेपाल ल्याउँदै गरेको अवैध चाँदी बरामद गरेको छ । तीन पटकमा प्रहरीले पक्राउ परेका तीन जनाबाट २ केजी ७० तोला अवैध चाँदी बरामद गरेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । रानी प्रहरीले एक महिना आगाडी मात्र चाँदीको विभिन्न सामाग्रीहरु बनाएर नेपाल ल्याउँदै गरेको ५१ तोला चाँदी बरामद गरेको थियो ।