ताप्लेजुङ / पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पनि होण्डा मोटरसाईकलको आधिकारिक शोरुम स्थापना भएको छ ।सदरमुकाम फुङ्लिङमा शोरुमको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । शोरुममा होण्डाका मोटरसाईकल, स्कुटर राख्नुका साथै सर्भिस सेवा तथा सम्पुर्ण पार्ट समेत उपलव्ध हुने शोरुम सञ्चालक लक्ष्मि भट्टराईले जानकारी दिनुभयो । ग्राहकको मागलाई ध्यानमा राख्दै सहज र सुलभ सेवा दिने उद्देश्यले दुर्गम क्षेत्रमा शोरुम विस्तार गरिएको बताईएको छ ।