बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा कोहि बालबालिका पनि खोप लगाउन नछुटेकाले आइतबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बुद्धशान्तिका स्वास्थ्य संयोजक भोला अधिकारीले जनाएका छन् ।
गाउँपालिका अध्यक्ष रमेश भुजेलले व्यानर पढेर सो घोषणा गरेका थिए । घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, सबै वडाका वडाअध्यक्ष, वडा सदस्य बुधबारे स्वास्थ्य चौकी प्रमुख ज्ञाननाथ भट्टराई, शान्तिनगर स्वास्थ्य चौकी प्रमुख मेनुका दाहाल, जनस्वास्थ्य प्रकाशक मधुसुदन कोइराला, खोप अधिकृत इश्वरी पौड्यालको आतिथ्य रहेको कार्यक्रमले सो घोषणा गरेको स्वास्थ्य संयोजक अधिकारीले जनाएका छन् ।