बाल समूहलाई सामग्री वितरण
धरान । धरान–१५ ले वडाका बाल क्लबहरूलाई शुक्रबार खेलकुद सामग्री वितरण गरेको छ ।
वडाध्यक्ष नरेशकुमार इवारमले वडाका बालविकासलाई खेलकुद तथा बालविकास व्यवस्थापन सामग्री प्रदान गरे । उनले आगमी आर्थिक वर्षका लागि ११ लाख रुपैयाँ बजेट बालविकासलाई छुट्याएको बताए । बाल सञ्जाललाई स्टिल दराज, हिविस्कस बोर्डि¨ स्कुलमा आधारित बाल समूहलाई भित्ते पत्रिका राख्ने पाटी, सदन प्रतिभा मञ्चलाई खेलकुद सामग्री, शिविल बाल समुह, शिवगङ्गा बाल क्लब, निराजन बाल क्लब, बाल कल्याणकारी समूह नवज्योति बाल समुहलाई कार्यालय सामग्री राख्ने बाकस र खेलकुद शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































