लेटाङ । लेटाङ बजार स्थीत रहेको श्रि शिवालय मन्दीरको स्वर्ण महोत्सवको उपलक्षमा मन्दीर व्यवस्थापन समितिले सोमवार वृक्षारोपण कार्यक्रमको शभारम्भ गरेको छ । लेटाङ नगरपालीका भरीबाट मृत आत्माको चिर शान्तीको कामना गर्दै मृतकका परिवारले विरुवा रोपिने र संरक्षण गरीने उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकास श्रेष्ठले बताए । धार्मिक वनको रुपमा स्थापीत हुदैँ गरेको उक्त वन क्षेत्रमा धुपि, कालो सिरीस, वेल, अमला तथा विभिन्न प्रजातीका फुलका विरुवा रोपिएको कार्यक्रम संयोजक रेणुका दाहालले बताईन् । सात दिन सम्म चल्ले वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मोरङ क्षेत्र नम्वर १ ख का प्रदेश साम्सद उपेन्द्र घिमिरे रहेका थिए । त्यसैगरी अतिथिहरुमा जिल्ला वन महासंघका अध्यक्ष अग्नी पौडेल, लेटाङ रेन्जपोटका प्रमुख सत्य नारायण झा, लेटाङ ४ नम्वर वडा अध्यक्ष सन्तोष कार्की लगायतको उपस्थीती रहेको थियो ।