रंगेली । साइबर अपराधका विषयमा विराटनगरमा फरक उमेर समुहका व्यक्तिहरुलाई चेतनामुल एकदिने तालिमका वक्ताहरुले समाजमा साइबर अपराध बढदै गएको बताएका छन । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी साइबर अपराध र कानुनी ब्यवस्थाका बारेमा जानकारी दिएको हो । सामाजिक सन्जालमा व्यक्ति,संस्थालाई गालीगलौज गरेर रमाउने बढिरहदा साइबर अपराधका घटना दिनहु बढेर गएको उनिहरुको कथन थियो । ‘जष्ट से नो’ नेपालले आयोजनागरेको कार्यक्रमा सामाजिक सञ्जालमा गालीगलौज मात्र होइन, कुण्ठा पोख्दा साइबर अपराधमा परिने विषय समेत उठेको थियो । कार्यक्रमका विराटनगर महानगरका मेयर भीम पराजुलीले साइबर अपराध पछिल्लो समय सामाजीक समस्याको बन्दैगएको भन्दै विद्यालयस्तर बाटै चेतना बढाउनु आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, रेडक्रस मोरङका अध्यक्ष सुवोधकुमार सिंह , प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठ ,जष्ट से नो का अध्यक्ष ऋषि ओझा लगायतका बक्ताहरुले आ आफ्ना धारणा राखेका थिए ।