उधोग संगठन मोरंग र मोरंग व्यापारसंघले श्रमिकको न्युनतम पारिश्रमीक वृद्धिको विरोध गरेका छन । अहिलेको पारिश्रमीक वृद्धि पुर्वका उधोगले धान्न नसक्ने भन्दै त्यसको विरोध गरेका हुन ।

दुुवै संगठनले विराटनगरमा सोमबार सयुक्त पत्रकार सम्मेलनको आयोजनागरी परिश्रमीक वृद्धि अवैज्ञानिक र अव्यवहारिक भएको उनीहरुले बताए । वृद्धि भएको पारिश्रमीक मजदुरलाई दिनसक्ने अवस्थामा उद्योग नरहेको उनीहरुको भनाइ थियो ।

नेपालमै सवैभन्दा धेरै उधोग सहभागी रहेको छाता संगठन उधोग संगठन र मोरंग व्यापारसंघलाई वेवास्ता गरेर नेपाल सरकार, श्रम मन्त्रालय, ट्रड युनियन महासंघ र नेपाल उधोग वाणिज्य महासंघ लगायतका संस्थाले गरेको निर्णय मान्य नहुने जनाएको छ ।

उधोग संगठन मोरगका अध्यक्ष भिम घिमिरेले श्रमिकको संंरक्षण गर्नु संगठनको पनि दायित्व भएकोले महङगी अनुसार पारिश्रमीक वृद्धि हुनुपर्ने बताए ।‘सामाजिक सुरक्षा कर सहित एकैचोटि ६० प्रतिशत तलव वढाउदा उधोग चलाउन सम्भव हुदैन।’ उनले भने ‘मजदुरको रोजगारी खोसिने अवस्था सृजना नहोस भन्ने हाम्रो चाहना हो ।’

मोरंग व्यापारसंघका अध्यक्ष पवन शारडाले मुलुक संघियतामा गइसकेको अवस्थामा स्थानिय स्तरमा सल्लाह नगरी गरिएको केन्द्रिकृत निर्णय मान्य नहुने बताए । ‘बैङकको व्याज बढिरहेको अवस्थामा भएको पारिश्रमीकवृद्धि उद्योगले धान्न सक्दैन’– उनले भने ।

उद्योग संगठनका निर्वतमान अध्यक्ष मुकेश उपाध्याय, पुर्व अध्यक्ष आसोक मुरारका, शिवशंखर अग्रवाल तथा उधोगी राकेश सुराना लगायतले तलव वृद्धि र्फिता हुनुपर्नेमा जोड दिएका थिए ।

यसअघि एक मजदुर बराबर ९ हजार ७ सय पारिश्रमीक रहेकोमा अहिलेको निर्णय १३ हजार ४ सय ५० वनाएको छ ।