फरार अभियुक्त पक्राउ
पाँचथर । अपहरण तथा शरीर बन्धक र सार्वजनिक अपराध मुद्दाका दुईजना फरार अभियुक्तलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–५ का २१ वर्षीय रिसन चेम्जोङ र फिदिम–२ का २७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् । पक्राउ परेकामध्ये चेम्जोङ अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले दोषी ठहर गरेको थियो । निजमाथि अदालतले चार वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनी कैद भुक्तानका लागि कारागार चलान भएको पाँचथर प्रहरीले जनाएको छ ।
सार्वजनिक अपराध मुद्दामा अदालतले पाँच हजार रुपैयाँ जरिवाना तोकेका श्रेष्ठ भने जरिवाना रकम बुझाई सफाइ पाएको पाँचथर प्रहरी प्रमुख डिएसपी बामदेव गौतमले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































