इलाम/ इलामको सूर्योदय नगरपालिका दुई बागबिरे निवासी ७३ वर्षीय वृद्धा रीता रिजाल गाँजा सहित पक्राउ परेकी छिन् ।
मंगलबार बिहान साडे ७ बजे पोको बनाएर बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । जसमा एक किलो कोठामा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो ।
पक्राउ वृद्धालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गाँजासहित ७३ वर्षिय वृद्धा पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































