धनकुटा । २०७२ सालमा आएको भुईचालोले चर्किएको घर सोमवार राती भत्किदा धनकुटा नगरपालिका वडा नं.९ मुलघाटका एक परिवार विचल्नीमा परेका छन् ।
असारमासको मध्यरातमा अचानक परिवारका सवै सदस्य सुतिरहेको बेला अचानक २ तले घर भत्किदा धनकुटा नगरपालिका वडा नं.९ मुलघाटका नरेशकुमार श्रेष्ठको परिवार बिचल्लीमा परेका हुन । भुँइचालोले घर पहिले भत्काएको थियो, भुकम्प प्राधिकरणका मान्छे अनुगकनमा पनि आए, तर हाम्रो घर मुल्याङ्गकनमा परेन, नयाँ बनाउँ खर्च छैन भन्दै ब्लाष्टसंग गुनासो गरिन नरेशका श्रीमती नीरमाया श्रेष्ठले ।
नरेश भने आर्थिक अभावका कारण वैदेशिक राजेगारीमा गएका छन् । सोमबार मध्यराती घरढल्दा नरेशका श्रीमती वर्ष ४२ की नीरमाया श्रेष्ठ, वर्ष १८ की छोरी इसा श्रेष्ठ र वर्ष १० का नितेश श्रेष्ठ मात्र थिए ।
एक वजेर २० मिनेट गएको थियो, हामी सवै एउटै कोठामा सुतेका थियौं, अचानक चट्याङ्ग परेको जस्तो आवाज आयो, पिडित नीरमाया श्रेष्ठले ब्लाष्टलाई बताईन । उठेर हेर्दा आधा घर भत्किसकेको रहेछ, हारगुहार गर्दै छरछिमेकीलाई खबर गरे पछि आफुहरु बाँच्न सफल भएको नीरमायाले बताएकी छिन् । उनले प्रहरीले आएर मुजुल्का नउठाएसम्म कसैले सहयोग गर्दैनन् भन्ने सुनेको छु, भन्दै मुजुल्का उठाउन प्रहरी पनि नआएको बताएकी छिन् ।
नीरमायाका आफन्त टेकबहादुर श्रेष्ठले छरछिमेकी भएर परिवारका तिनै सदस्यलाई सकुशल उद्धार गरेको भएपनि मंगलबार साँझसम्म राज्यको कुनै पनि निकायले साथ सहयोग नगरेको टेकबहादुरले बताएका छन् ।
अहिले नीरमायाको परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन् । २ तले घर कामै नलाग्ने गरी भत्किएको छ । वडाध्यक्ष सन्दिप रायमाझीले भने आफुले मंगलबार बिहान जानरकारी पाएको तर काम विशेषले विराटनगरमा रहेकाले सहयोग गर्न नसकेको बताएका छन् । उनले विराटनगरवाट धनकुटा आएपछि पिडित श्रेष्ठ परिवारलाई राहात सामाग्री उपलव्ध गराउने ब्लाष्टलाई जानकारी गराएका छन् ।