विराटनगर । विराटनगरस्थित संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिका कार्यकारी निर्देशक कमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डितलाई निलम्बन गरेको छ ।

अस्पतालको बोर्ड बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो ।

हस्पिटललको नयाँ आएका व्यवस्थापकले बिरामीलाई आफ्नै हस्पिटलबाहेक अन्यत्र रेफर भएर जान नदिकन आम्दानीको लोभमा चिकित्सवलाई जबर्जस्ती सोही अस्पतालमै उपचार गराउन बाध्य बनाएको रहस्य ब्लाष्ट टाइम्स दैनिकले मंगलबार सार्वजानिक गरेको थियो । यस्तो रहस्य सार्वजानिक भएसँगै अस्पतालमा कार्यरत मेडिकल अफिसियर डाक्टर आलोक रायलाई ५० हजार रुपैयाँ जरिमाना गराइ जागिरबाट हटाएको अवकासको पत्र थमाउने कार्यकारी संचालक कर्ण र प्रशासकिय अधिकृत पण्डितलाई अस्पतालको बोर्ड बैठकले निलम्बन गरेको हो ।