मधुमल्ला । लायन्स क्लब अफ मिक्लाजुङले आज (मंगलबार) बर्ष २०१८ र १९ को अवसर पारेर प्रदुषण बिरुद्धको जनचेतना मुलक बोर्ड, मधुमेह रोग बाट बच्ने शन्देश मुलक बोर्ड राख्दै मिक्लाजुङमा आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ मिक्लाजुङले मधुमेह बिरुद्धको अभियान अन्तर्गत मिक्लाजुङका अन्य ठाउँहरु मा पनि सचेतना मुलक बोर्डहरु राखिने सो कार्यक्रमका सम्योजक बिमल कुवंरले जानकारी दिनु भयो । त्यस्तै सोही कार्यक्रममा बोल्दै लायन्स क्लब अफ दमक स्विट सिटि का अध्यक्ष बिस्वास बाबू काश्य्पले लायन्स क्लब अफ मिक्लाजुङले सचेतना बोर्ड राखेर लायन्स क्लब को मधुमेह बिरुद्द्को अन्तरास्ट्रिय अभियान मा उल्लेखनीय भुमिका खेलेको बताउनु भयो ।

उक्त सचेतना बोर्ड को औपचारिक उद्घाटन मिक्लाजुङ गाउँपालिकाका प्रबक्ता एबम वार्ड न ८ का वडाध्यक्ष नगिन्द्र कार्की (नविन) र लायन्स क्लब अफ दमक स्विट सिटिका अध्यक्ष बिस्वास बाबू काश्य्पले संयुक्त रुपमा गर्नु भएको थियो । त्यस्तै मिक्लाजुङ गाउँपालिकाको तर्फ बाट मिक्लाजुङ लायन्स् क्लबले गरेको कार्यको प्रसङ्सा गर्दै गाउँपालिका प्रबक्ता नगिन्द्र कार्कीले ध्यन्यबाद ब्यक्त गर्नु भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै लायन्स क्लब अफ मिक्लाजुङ को अध्यक्ष रुद्र भण्डारीले लायन्स क्लब अफ मिक्लाजुङले आफ्नो पहिलो कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको र आगामी दिनहरुमा थप समाजिक कार्यहरुमा सकृय रुपमा संचालन गर्ने बताउनु भयो ।