जिरोपोइन्ट । बर्षातको समयमा उर्लने भेलले ओहरदोहर गर्न, गन्तव्यमा जानको लागि कठिन, छिमेकीसंग समन्वय गर्न टाढा हुनु जस्ता समस्या कसलाई पो रहर हुन्छ र ? हरेक वर्ष धरानकै एउटा वडा भएर पनि टाढाको महसुस हुने गरेको थियो धरान २० का वडावासिलाई, तर त्यो समस्या हटेर गएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १६ र वडा नम्बर २० लाई जोड्नका लागी सर्दु खोलामा गत ९ गते झोलुङ्गे पुल(टावर ब्रिज) सञ्चालनमा आएसंगै स्थानिय वडावासिलाई निकै सहज भएको छ । वर्षौ देखि सर्दु खोलाले गर्दा बर्षाको समयमा भोग्दै आएको समस्या पुल निर्माण भएपछि हटेको कारण स्थानियबासि हर्सित भएका छन् । वर्षातको समयमा सर्दु खोलामा बाढि आउने भएको कारणले वडा नम्बर २० बाट धरान बजारमा पढ्नका लागी आउने बालबालिकारुले निकै सास्ति भोग्दै आएका थिए । पुल बनेसंगै उक्त समस्या पनि हटेको छ । वर्षातको समयमा युवाहरूलाई भन्दा पनि बृद्धबृद्धाहरूलाई बढि समस्या हुने गरेको थियो । अहिले त्यो समस्या हटेकोले स्थानिय बृद्धबृद्धाहरू हर्सित छन् । धरान १६ मा बस्दै आएका सरसी वर्षिय भुपबहादुर राई पुल बनेपछि वडा नम्बर २० मा बस्दै आएको इस्टमित्र भेट्न जान सजिलो भएको र आफुलाई पनि भेट्न पनि आउने भएकोले हर्षित भएका छन् । पुल नहुदा खोला बढेर बजार आउन नै नसकिने हुन्थ्यो अहिले त जति बेला नि सजिलै बजार आउनजान सकेका छौ निकै खुसि लागेको छ । स्थानिय वडा नम्बर २० की सविता तामाङ बताउछिन् । “ए पहिला त खोला बढेर तरीनसक्नु हुन्थ्यो अहिले त जत्रो खोला आउदा नि सजिलै बारीपारी गर्न पाएका छौ धेरै खुसि लागेको छ । स्थानिय ८० वर्षिय बलबहादुर लिम्बु बताउछन् । वर्खामासमा खोला बढे पनि आनन्द छ ।” उनी बताउछन् । बृद्धबृद्धा मात्र नभएर स्थानिय व्यावसायी पनि लाभान्वित हुन थालेका छन् । पुल बनेपछि मात्र खुलेका साना साना खाजा पसलले दिनमा राम्रो आम्दानी गरीरहेको छ । दिनमा १२ देखि १५ सय सम्म कमाउदै आएको स्थानिय व्यापनरी सोम बहादुर तामाङ बताउछन् । घरमै बसेर व्यापार गर्न सकिने भएकोले समयको सदुपयोग हुने र एकदुइ पैसा आम्दानि पनि हुने तामाङ बताउछन् । तामाङकै घरको छेउमा अर्को पसल स्मृति तामाङको रहेको छ । व्यापारको सुरूवात गरेको एक हप्ता समेत भएको छैन तर पनि राम्रो कमाइ भइरहेको स्मृति तामाङ बताउछिन् । धरान २० नम्बर वडाका वडाअध्यक्ष मणिराम राईका अनुसार पुल बनेपछि आफुलाई बल्ल धरानको वासि भएको अनुभव भएको बताएका छन् । पहिला वर्षातको समयमा धरानबाट अलग हुनुपर्ने २० नम्बर वडाको बाध्यता समाप्त भएको महसुस भएको बताएका छन् । अहिले पुलमा छुट्टिको दिनमा ४ देखि ५ सयसम्म मानिसहरूको उपस्थिति हुने गरेको छ । भने अन्य दिन २ देखि ३ सयसम्मको उपस्थित हुने गरेको छ ।