धनकुटा । पाख्रीवास नगरपालिकाको सदरमुकाम पाख्रीवास वजारमा खानेपानीको अभाव सृजना भएसंगै नगरपालिकाले पिउनेपानीको मुहान खोजी कार्यको थालनी गरेको छ । यसैक्रममा नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा संचालन हुने गरी पाख्रीवास नगरपालिकाको वडा नं.८ मुगामा रहेको भुल्केदेवी मुहानको पानी पम्पिङ्ग गरेर ल्याउन ३० करोड वरावरको स्टेमेट गरिएको छ । खानेपानी योजनाको डिपाआर भैरहेको पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईले ब्लाष्टलाई वताएका छन् । खानेपानीको मुहान पाख्रीवास नगरपालिकाको सदरमुकाम पाख्रीवास बजारदेखी साढे ६ किलो मिटर टाढा दुरीमा पर्दछ । नगरपालिकाले भुल्केदेवी मुहानको पानी स्थानिय उपभोक्ताहरुसंग समन्वय नै नगरी जवर्जस्ती लान लागेको भन्दै पाख्रीवास नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय धनकुटामा मंगलवार उजुरी गरेका छन् । पाख्रीवास नगरपालिका वडा नं.८ मा पर्ने मुगा, चुङ्गवाङ्ग र शहिदभुमी गाउपालिकामा पर्ने खोकुका भुल्केदेवी मुहानको पानी उपयोग गर्ने स्थानिय वासिन्दाहरुले संयुक्त रुपमा उजुरी गरेका हुन । उनीहरुले जिल्ला प्रशासन कार्यालय धनकुटा र नगरपािलकामा लेखेको उजुरीमा भनेका छन् “सो भेगमा वसोवास गर्ने करिव १ हजार घरधुरी कृषकहरुले भुल्के देखी मुगा खोलाको पानी सिंचित गरेर १५ सय रोपनी क्षेत्रफल खेतमा वार्षिक १ लाख मुरी भन्दा वढी धान उत्पादन हुने गरेको छ ।” उनीहरुले भुलकेदेवी मुहानको पानी उपयोग गर्ने मुगा, चुङ्गवाङ्ग, खोकुका कृषकहरुको गाँसवाँसको व्यावस्था भै जिविकाको मुख्य आधार भएको दावी गरेका छन् । उजुरीमा स्थानियवासीको जनजिविकासंग सरोकार रहेकाले सो खानेपानी योजना कुनै पनि हालतमा संचालन गर्न नदिने भन्दै १ सय ५० भन्दा वढीले हस्ताक्षर गरेका छन् । पाख्रीवास नगरपालिका कार्यालयले स्थानियवासीसंग आवश्याक परामर्श र समन्वय नगरी खानेपानी योजनाको डिपिआर शुरु गरेको चन्दै उनीहरुले नगरपालिका विरुद्ध आन्दोलन गर्न भुल्केदेवी सिचाँई संरक्षणका लागी कृष्ण कुमारी राईको अध्यक्षतमा ११ सदस्यीय मुहान संरक्षण समिति समेत गठन गरिएको छ । ११ सदस्य मुहान संरक्षण समितिको उपाध्यक्षमा हर्कराम राई खोकु, सचिवमा सविकला राई पाख्रीवास–८, कोषाध्यक्ष पाख्रीवास–८, सदस्यहरुमा रत्नवहादुर राई खोकु, लालवहादुर राई चुङ्गवाङ्ग, वोदराम खत्री चुङ्गवाङ्ग, रिताकुमारी राई चुङ्गवाङ्ग, संगित कुमार राई मुगा र ललित राई मुगा रहेका छन् । सो जिल्ला प्रशासन कार्यालय धनकुटामा ब्लाष्टले सम्पर्क गर्दा प्रजिअ मनोहर प्रसाद खनालले स्थानिय सरकारले नै आवश्याक समन्व्य गरेर लानु पर्नेमा जोड दिएका छन् । खानेपानी जस्तो पवित्र विषयमा विवाद गर्न नहुनेमा खनालको जोड रहेको छ । खानेपानीको योजना कार्यान्वयनको लागी आवश्याक समन्वय गर्न स्थानिय प्रशासन तयार रहेको पनि खनालले वताएका छन् । उता पाख्रीवास नगरपालिका कार्यालयका प्रमुख वृषवहादुर राईले खानेपानी आयोजनाको लागी नगरसभावाट ३० करोडको वजेट पारित गरेर डिपाआर भैरहेको र भुल्केदेवी मुहानको आधा मात्र पानी ल्याउने गरी योजना संचालन गर्न लागीएको वताएका छन् । साथै उनले स्थानिय समुदायलाई बाह्रैमास चल्ने मोटर वाटो, विजुली र खानेपानीको व्यवास्था गर्ने गरी योजना संचालन गर्न लागीएको वताएका छन् । अनावश्याक रुपमा त्यसै नदीमा खेर गैहरेको पानी सदुपयोग गर्न पक्कै पनि स्थानिय समुदायले विरोध गर्नु हुनेछैन भन्नेमा आफु ढुक्क रहेको प्रमुख राईले वताएका छन् ।