धनकुटा । धनकुटा नगरपािलका क्षेत्रमा दुई दिनयता बहुला कुकुरको आतंक मच्चिएको छ । मंगलवार विहान नगर क्षेत्रका विभिन्न स्थानमा ७ जनालाई बहुला कुकरले टोकेको जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार बहुला कुकुरको टोकाईबाट धनकुटा नगरपालिका वडा नं.२ का वर्ष १० का सुजन राई र धनकुटा नगरपािलका वडा नं.१ का वर्ष ७२ की रुपामाया आचार्य गम्भिर घाईते भएको वताइएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन दिएर ठूलो घाउ भएका कारण थप रेविज विरुद्धको इमिनोग्लोविन भ्याक्सिन दिनको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान धरान पठाइएको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले ब्लाष्टलाई जानकारी दिएका छन् । धनकुटा–२ का १० वर्षिया सुजन राईलाई रेविज विरुद्धको इमिनोग्लोविन भ्याक्सिन दिन २४ घण्टा भित्र धरान पु¥याउनु पर्नेमा अभिभावकसंग आर्थिक अभाव भएपछि घर लगिएको अस्पतालले जनाएको छ । चिकित्सकले भने बहुला कुकुरको टोकाईवाट ठूलो घाउ भएका विरामीलाई अनिवार्य रेविज विरुद्धको इमिनोग्लोविन भ्याक्सिन हान्नु पर्ने वताइएको छ । आर्थिक अभावको कारण १० वर्षिय सुजनको उपचारमा समश्या देखिएको अस्पतालले जनाएको छ । त्यसैगरी बहुला कुकुरको टोकाईबाट धनकुटा नगरपालिका वडा नं.१ का वर्ष ३१ का टिकाराम विश्वकर्मा, धनकुटा नगरपालिका वडा नं.३ का अनिता वर्ष २८ का अनिता वाग्ले बराल, धनकुटा नगरपालिका वडा नं.४ का वर्ष ८ का चन्द्रा लिम्वु, वर्ष ४८ का शुक्र रसाईली र धनकुटा–७ वर्षिय सौरभ पौडेल घाईते भएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । यसैविचधनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बहुला कुकुरलाई ठिक लगाउन मंगलवार अपरान्ह देखी टोली परिचालन गरेको वताएका छन् । उनले धनकुटा–४ बाट भेटेजति कुकुर सवै मार्ने गरी निर्देशन दिएको वताएका छन् । उनले कोही कसैलाई आर्थिक अभावले उपचारमा समश्या भए तत्काल नगरपालिकाले उपचारमा आर्थिक सहयोग गर्ने पनि जानकारी ब्लाष्टलाई दिएका छन् । तस्विर नं.१÷नगरपालिकाले कुकुर मार्ने अभियान चलाएसंगै नगरपालिका कार्यालय नजिकै भुस्याहा कुकुरको लर्को । तस्विर नं.२÷ नगरपालिकाका कर्मचारी कुकुर मार्न औषधी मिसाएको मासु कुकुरलाई दिदै । सन्तवीर लामा÷ब्लाष्ट