इटहरी । तरहरा स्थित जनसहयोग उच्च माविका एक शिक्षकले धितो पास गरी महंगो मिटर ब्याजमा रकम लगाउँने गरेका छन । बुधबार इटहरीमा पत्रकार सम्मेलन गदै तरहराकै एक पिडित महिलाले आफुलाई विल्लीबाठ बनाएको आरोप लगाईन । शिक्षक बस्नेतले महंगो ब्याज लिएर पनि जग्गा हडप्न खोजेको भन्दै चौधरी परिवारले गुनासो गरेको छन । तरहरा जनसहयोगका शिक्षक इन्द्र बस्नेतले आफुलाई जालझेल गरेको तरहराकी गिता चौधरीले दुखेसो गरेकी छिन । पहिला देखि आर्थिक कारोबार गदै आएको शिक्षक बस्नेत ७ लाखमा झापा धरमपुर ९ को डेढ विगाह जग्गा पच बनाएको उनको आरोप थियो । धितो पास गरेको जग्गा अहिले कानुनले जे गर्छ त्यो गर मलाई सबै जग्गा पास गरेको भन्दै धम्क्याउँने गरेको उनले सुनाईन । मालपोत कार्यालय सुनसरीमा जग्गा धितोपास गरी लिएको रकम ८० हजार ब्याज र २ लाख सावा दिन बाँकी रहे पनि अहिले जग्गा फिर्ता गर्ने नमानेको चौधरीले गुनासो गरीन । २०६८ सालमा धरानकी प्रभा सुब्बाको नाममा झापाको धरमपुरमा रहेको ९ क ९५ कित्ता नम्बरको जग्गा अहिले शिक्षक बस्नेतले पचाउँन खोजेको चौधरीको आरोप छ । धरानकी प्रभा सुब्बाले तरहराकै गोपी चौधरी र गिता चौधरीबाट ७ लाख रकममा उक्त जग्गा धितो पास गरेका थिए । सोहि जग्गा चौधरी परिवारले शिक्षक बस्नेतकोमा राखेर ७ लाख निकालेको बताएका छन । गत जेष्ठ महिनामा मात्र ५ लाख रुपैया बस्नेतलाई बुझाएको चौधरीको भनाई छ । पाँच लाख रकम बुझाउँदा सरले सावा २ लाख र ब्याज ८० हजार तिर्ने बाँकी रहेको छ भन्नु भयो हामीले जग्गा फिर्ता यही महिना गर्नु पर्ने धरानको पार्टीले किचकिच गर्ने थाले भने पनि शिक्षक बस्नेत जगिंएको उनी बताउँछिन । मैले ब्याज मात्र करीब ७ लाख भन्दा बढि तिरीसके अहिले अर्काको जग्गा फिर्ता गर्ने बेलामा शिक्षक बस्नेतले गद्धार गर्नु भयो म न्याय माग्न कहाँ जाउँ ? उनले पत्रकारहरु सग भनिन् । म सँग गरेको कागज पनि सरले नै लानु भयो हामी बर्बात भयौ । यता जग्गा धनी धरानकी प्रभा सुब्बा र उनी दिदि दिलकुमारी लिम्बुले पनि आफ्नो जग्गा शिक्षक बस्नेतले गद्धार गरेको बताएका छन । प्रभाले भनिन् जग्गा मेरो हो शिक्षक बस्नेतले मेरो जग्गा खाई दिए बर्बात भईयो । मैले गोपी र गिता चौधरीलाई दिएको जग्गा अहिले बस्नेतको नाममा रहेको भन्दै विना सर्त आफ्नो जग्गा फिर्ता गराउँन माग गरीन । बस्नेतले जग्गामा गद्धार गरेको भन्दै ब्याज र सावा तिरे पछि मैले मेरो जग्गा पाउँनु पर्छ उनी भन्छिन् । आफुले २०६८ मा जग्गा राख्दा उक्त जग्गाको मुल्य एक लाख रुपैया कठ्ठा थियो अहिले बढेर करीब ३ लाख कठ्ठा जग्गा विक्री हुन्छ उनले थपिन । यता इटहरी १ का वडाअध्यक्ष बिष्णु चौधरीले पनि धितो पास गरेकै जग्गा अहिले शिक्षकले हडप्न खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा पिडितहरु सहित पुगेका वडाअध्यक्ष चौधरीले आफुहरुले जग्गाको विषयमा पटक पटक छलफल गराए पनि बस्नेत सहमतीमा आउँन नसकेको बताए । जग्गा धितो पास गर्दा विष्णु चौधरी र बाबुराम गजमेर साची बसेका थिए । त्यती बेला धितो मात्र पास गर्ने फुपुको पैसा हो मलाई कमिशन चाहिन्छ भन्दै शिक्षक बस्नेतले ३५ हजार रुपैया कमिशन समेत लगेका थिए बाबुराम गजमेरले भने । यता मिटर ब्याजको कारोबार गदै आएका शिक्षक इन्द्र बस्नेतले भने आफुलाई लगाएको आरोप झुटो भएको जनाए । मैले २०६९ सालमा जग्गा आफुले छिन्ती किनेको भन्दै उनीहरुले अहिले जग्गाको मुल्य बढेको कारण लोभले लागेको बताए । गाउँ ठाउँमा सरसापट गरीन्छ पहिला धितो कारोबार गर्ने गर्थे उनले कारोबार गरेको स्वीकार गरे । अहिले जग्गाको २ लाख कठ्ठाले विक्री हुन्छ पहिला मैले किन्दा मुल्य थिएन उनले भने । तर यो ठाउँको एक विगाह १० कठ्ठा जग्गा भने २०६९ सालमै पनि ३० लाख रुपैया पर्ने गरेको जग्गाकारोबारीहरु बताउँछन ।