पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा दुई दिने गाउँपालिका र वडा स्तरीय पुर्ण सरसफाई प्रवद्र्धनसम्बन्धी अभिमूखिकरण गोष्ठी सम्पन्न भएको छ ।
खानेपानी सरसफाई उपभोक्ता महासंघ पाँचथरको आयोजना सम्पन्न भएको गोष्ठीका सहभागीहरुलाई गाउँपालिकामा रहेका बिभिन्न वडाहरुलाई सरसफाई मुक्त क्षेत्र घोषणाको लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । कुम्मायक गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेसंगै कुम्मायक गाउँपालिकालाई सरसफाई मुक्त क्षेत्र घोषणा अभियानमा गाउँपालिका र वडा स्तरीय खानेपानी सरसफाई उपभोक्ता समितिहरुलाई सक्रिय बन्नको लागि आग्रह गरिएको थियो ।
कार्यक्रमको सहजीकरण खानेपानी सरसफाइ उपभोक्ता महासंघ पाँचथरका सहजकर्ता सुर्य अधिकारीले गरेका थिए । गोष्ठीमा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सिता आचार्य, जिल्ला समन्वय समिति सदश्य मनमायाँ लावती लगायतका सहभागीहरुले गाउँपालिकालाई सुन्दर र हराबरा बनाउँनको लागि पुर्ण सरसफाई मुक्त गाउँपालिका घोषणा अभियानमा सबै एकजुट भएर लाग्नु पर्र्ने बताएका थिए । गोष्ठीमा जनप्रतिनिधि स्वायमसेवीका, स्वास्थ्थ कर्मी लगायत ३४ जनाको सहभागीता रहेको थियो ।