भक्तपुर । बुधबार रातिकाे भीषण वर्षाका कारण भक्तपुर चागुनारायण नगरपालिकामा पहिराेले पुरी ३ जनाकाे मृत्यु भएकाे छ । साथै   हनुमन्ते खोलामा अाएकाे  बाढीकाले भक्तपुरका विभिन्न स्थान डुबानमा परेकाे छ  ।

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी रेवतमणी पाेख्रेलका अनुसार  चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीय पानमाया लामा र उनीहरुको २.५ वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी,  लगायतका भक्तपुरका चार नगरपालिकाहरू चाँगुनारायण, शुर्यविनायक, मध्यपुर थिमि र भक्तपुरका १० वटावडाहरू जलमग्न भर्इ डुवनमा पेकाे छ । डुवानका कारण त्यस स्थानका यातायात, बजार तथा शिक्षण संस्थाहरू ठप्प भएको छ ।

 डीएसी पाेख्रेलले  डुबानमा परेका १५० काे उद्दार भैसकेकाे जानकारी दिए ।  पानी बिहानकाे भन्दा  घटेकाे र उद्दारका कामहरू भै रहेकाे उनले बताएका छन् ।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीहरू खटिएका छन् । बाढि मानिसहरूकाे घर भित्रै पसेका कारण हुनसक्ने भाैतिक क्षतिकाे भने यकिन हुन सेकेकाे छैन ।