पाँचथर/ जिल्ला प्रहरी कार्यालय पाँचथरले ११ किलो सालकको खपटा सहित एक ब्यक्ति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–३, बस्ने ५३ बर्षिय फुपुठिले शेर्पा रहेको प्रहरीले जनाएको छ । उनलाई सवारी साधन चेकजाचको क्रममा ११ किलो सालकको खपटा, दुई थान बोबाइल सेट, चाँदीको केही गरगहना र १२ हजार रुपैंयाँ नगद सहित पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ । निजलाई बेलेरो गाडिमा सवार रहेको अवस्थामा चेकजाँच गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई पक्राउ गरी अावशयक कार्बाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको पाँचथर प्रहरीले जनाएको छ ।
११ किलो सालकको खपटा सहित पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































