धनकुटा/मेरुदण्डमा चोट लागी अपाङ्गता भएका व्यक्तीहरु समाजमा पछाडि परेका भन्दै प्रदेश स्तरीय स्पाइनल इन्जुरी संघ सनिबार गठन गरीएको छ ।

धनकुटामा शनीबार भेला गरी सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि लक्षित गरेर विभिन्न नीति तथा कार्यक्रम बने पनि स्पाइनलमा चोट लागी अपाङ्गता भएका व्यक्तीले राज्यको कुनै सेवा सुविधा उपभोग गर्न नसकेका कारण समिति बनाएर कार्यक्रम सञ्चालन गरीने भएको छ । विभिन्न कारणले मेरुदण्डमा चोट लागी अपाङ्गता भएका मानिसको सख्या बृद्धि भईरहेको अवस्थामा राज्यले उनीहरुलाई आत्मनिर्भर बनाउन पहल गनुपर्ने अवस्था रहेको कार्यक्रममा जनाईएको छ । परनिर्भरता हटाएर समाजमा सक्षम नागरिकको रुपमा विभिन्न काम गर्न १ नं.प्रदेश स्तरीय स्पाइनल इन्जुरी संघ गठन भएको जनाईएको छ । मेरुदण्डमा चोट लागी अपाङ्गता भएका मानिसहरु अन्य अपाङ्गता भएका भन्दा जटिल समस्याभोग्नु परेका कारण राज्य संग सहारा खोज्न समिति गठन गर्न लागि परेको प्रदेश तदर्थ समितिका अध्यक्ष विरबहादुर विकले बताए ।

हाल सरकारी तथा गैरसरकारी संघहरुबाट सञ्चालित कार्यक्रमहरु मेरुदण्डमा चोट लागी अपाङ्गता भएको व्यक्ती मैत्री नहुँदा कुनै कार्यक्रममा सहभागिता जनाउन नसकेका कारण अगाडि बढ्न नसकेको गुनासो रहेको छ । कार्यक्रममा बीरबहादुर विश्वकर्माको अध्यक्षमा, नविनराज राई सचिव र प्रतिमादाहाल कोषाध्यक्ष रहेको सात सदस्यप्रदेश स्तरीय तदर्थ समिति बनाईएको आपाङ सेवासंघ केन्द्रिय समिति सदस्य यमबहादुर बस्नेतले बताए ।