धनकुटा । स्थानिय लुटेराहरुको कुटाईबाट गम्भिर घाईते भएकी जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.५ घर भएकी ६० बर्षीय एक वृद्धाको उपचारको क्रममा शुक्रवार राती मृत्यु भएको छ । शुक्रवार दिउँसो कोही नभएको वेलामा छथरजोरपाटी–५ की नरमाया लिम्बुलाई स्थानिय लुटेरा युवाहरुले लुटपाटको क्रममा कुटपिट गरी गम्भिर घाईते वनाएका थिए । साँझ घाईते अवस्थामा वृद्ध नरमायालाई उनका आफन्तले देखी पछि उपचारको लागी जिल्ला अस्पताल धनकुटामा ल्याएका थिए । गम्भिर घाईते भएकी वृद्धा नरमायाको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचराको क्रममा मृत्यु भएको हो । लुटेराहरुले वृद्धा नरमायालाई मरणासन्न हुने गरी कुटपिट गरी कानमा लगाएको ढुङ्ग्री र गलामा लगाएको नौगेडी लुटेर लगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रवहादुर गुरुङ्गले ब्लाष्टलाई वताएका छन् । घट्ना पछि फरार रहेका स्थानिय वर्ष १९ का रोहित लिम्वु र वर्ष १६ का शुक्रराज लिम्बुले वृद्धा लिम्बुले नाकमा लगाएकी बुलाकी र गलामा लगाएकी नौगेडी सहित डेडतोला सुन लुटेका थिए । फरार रोहित र शुक्रलाई सिधुवा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गएको प्रहरीको संयुक्त टोलीले गहना सहित शुक्रवार राती नै पक्राउ गरेको प्रमुख गुरुङ्गले वताएका छन् । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरी कानुनी कार्वाही अघि वढाइएको प्रहरी प्रमुख गुरुङ्गले वताएका छन् । घट्नाको वृस्तिृत् अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।