रंगेली । लामो समय सम्म जनप्रतिनिधि विहिन रहेको स्थनिय निकाय जनप्रतिनिधिले समालेको १ वर्ष पुगेको छ । एक वर्षको अवधिमा भए गरेका काम विराटनगर महानगरपालीकाका सर्वजनिक गरेको छ । कार्यकाल १ बर्ष पुरा भएको उपलक्ष्यमा पत्रकार सम्मेलन गरेर विराटनगर महानगरपालीकाका मेयर भिम पराजुलीले एक वर्षको अवधिमा गरेका कामको विवरण प्रस्तुत गरेका हुन। उनले १ वर्षको अवधिमा महत्व पुर्ण योजनाहरु सम्पन्न गरेको दावि गरे । सथै अन्य योजनाहरु पनि द्रुत गतिमा व्यवस्थित तरीकाले संचालन भइरहेको जानकारी गराए । विराटनगर महानगरपालीका भित्र संचालन भइरहेका ठूला योजनामा मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार परियोजनाको ९८ प्रतिसत काम सम्पन्न भएको छ । त्यस्तै क्षेत्रीय शहरी विकास परियोजनाको काम २४ प्रतिसत सम्मपन्न भएको छ । साथै संघन शहरी विकास कार्याक्रम ८० प्रतिसत सम्पन्न भएको जानकारी दिए । मेयर पराजुलीले आगामि दिन गरिने आफ्ना योजना बारे पनि जानकारी गराएका थिए । उनले विराटनगर—३ मा १ विगाहा ७ कठठमा भ्यू टावर निर्माण गरिने बताए । ऐतिहासि तथा सास्कृतिक महत्व बोकेको विराट राजाको दरवार निर्माण गरि धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने महानगरपालिकाको योजना छ । वल्र्ड बैकको सहयोगमा विराटनगर—५ मा आधुनिक पार्क, प्रादेशिक बसपार्क, वाईपास सडक निर्माणको लागी बजेटको व्यवस्था भएको मेयर पराजुलीको भनाई छ । इको पार्क , विरेन्द्र सभागृहको मर्मत लगायतका साना थुप्रै लोकप्रिय योजना आगामी वर्षको बजेटले सम्बोधन गरेको उनले जानकारी गराए । मुद्धाका कारण २० बर्षदेखी निर्माण हुन नसकेकोे रिङ रोडलाई व्यवस्थित गरेर वाईपास सडकको रूपमा महानगरले संचालनमा ल्याउने योजना बनाएको छ । विराटनगर—८को गुरूकुल,विराटनगर—४ को तारणीप्रसाद कोइराला संचार ग्राम, विराटनगर—१७ मा फुटवल मैदानको निर्माण आगामी आर्थिक बर्ष भित्रमै सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुकुम्बासी परिवारलाई विराटनगर—१९ मा स्थान्तरण गर्न आवश्यक जग्गा खरिद गरिसकिएको उनले जानकारी दिए । त्यस्तै निजी क्षेत्रको सहकार्यमा विराटनगर—३ मा औद्योगिक पर्दशनी स्थल निर्माण गरिनेछ । महानगर वासिले कर बढेको जनगुनसो बढी रहेको बेला मेयर पराजुलीले वैज्ञानिक कर प्रणाली लागू गर्दा केहि बढेको स्विकार गरे । देशका अन्य महानगरको तुलनामा सुलभ कर रहेको उनको दावी छ । १ अर्व बार्षिक आम्दानी नभए उपमहानगरपालिकाको हैसियतमा रहनु पर्ने हुदा पनि यस्तो गर्न बाध्य भएको उनले बताए । पत्रकार सम्मेलनमा उपप्रमुख इन्दिरा कार्कीले छोरी वचाउ अभियानले सार्थकता पाएकोले अव छोरी पढाउँ अभियान सुरू गरिने कार्कीले जानकारी दिईन । विराटनगरको समृद्धिमा सवैको सहयोग र सहकार्य आवश्यक रहेको औल्याइन ।