काठमाडाै । ‘सभामुख-उपसभामुख अझै एकै दलको’ शीर्षकको समाचारमा लेखिएको छ, ‘एक महिना बढी भइसक्यो, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटा प्रदेशसभाका सभामुख र उपसभामुख एउटै दलका छन् ।’
संविधानको धारा ९१ (२) प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने प्रावधान छ । साथै प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रदेशसभाको सभामुख वा उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस विषयमा विगतमा कुरा उठाउँदै आएको थियो । तर, नेकपाका नेताहरुले भने सभामुख उपसभामुख बनेकाहरुले दल त्याग गरिसकेकाले कुनै दल विशेषको नभएको तर्क दिँदै आएका छन् ।