खुलेआम घुस लिने नायवसुब्बा रङ्गेहात पक्राउ (भिडियाे सहित)
विराटनगर । सेवाग्राहीबाट खुलेआम घुस खाने भुमिसुधार कार्यालय मोरङका नायव सुब्बा दामोदर खतिवडा ३० हजार नगदसहित पक्राउ परेका छन् । उनलाई इटहरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीेले आइतबार दिउँसो विराटनर स्थित उनकै कार्यलयबाट पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा नायव सुब्बा खतिवडालाई अख्यितारको टोलीे रङगेहात घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान ईटहरीका प्रहरी निरीक्षक राजन कार्कीेले जानकारी दिए । पक्राउ परेका सुब्बाले विराटनगका एक जना सेवाग्राहीलाई ३० हजार रुपैयाँ घुस दिए मोहियानी हक मिलाइदिने भन्दै घुस दिने क्रममा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
https://youtu.be/iFfwQs9fBJ4
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































