पथरी । पथरीशनिश्चरे नगरपालिका –१ म रहेको शान्ति भुल्के सिमसारको पोखरी डुबेर एक जनाले ज्यान गुमाएका छन् ।
पथरीशनिश्चे–१, पथरीबजार घर भएका ४९ बर्षिय भूपालसिंङ धिमालको ज्यान गएको हो । पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो २ बजे ज्यान गएको थियो । पोखरीको डिलमा मृतक धिमालले लुगा खोलेर पोखरीमा पसेको स्थलगत तथ्य भेटिएको र उनको पथरी हस्पिटलमा उपचार गराउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयको इस्पेक्टर कमल बंजगाईले बताए ।
धिमाललाई पोष्टमाटमको लागी मंगलबारे हस्पिटल लगिएको र पोष्टमाटमको रिपोट आएपछि मात्र कसरी मृत्यु भयो भन्ने बारेमा थाहा हुने इस्पेक्टर बंजगाईले बताए ।