मधुमल्ला । उतरपुर्बी मोरङको मिक्लाजुङ गाउपालीका वडा नम्बर २ र दक्षीणी इलामको सीमाना स्थित नुनसरी, बक्राहा खोलामा झोलुंगेपुल बनेपछी मिक्लाजुङ बासी नाकाबन्दी मुक्त भएका छन्।

बर्षा याममा अबिरल बर्षा र झरी संगै मिक्लाजुङ गाउँपालिकका खोला र खहरेहरुमा पानीको सतह बढे संगै ,ति खोलाहरुमा कुनैपनि पुल नुहुँदा कस्टकर जिवन बिताइरहेका यसक्षेत्रका बासिन्दाहरु झोलुंगेपुल बनेपछि नाकाबन्दी मुक्त भएका हुन्।

“ मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर ६,७, ८र९ बाहेक सबै वडा बाट गाउँपालिका केन्द्र मधुमल्ला जोडने बाटोमा एउटै पनि पक्की तथा झोलुंगेपुल नहुँदा हामी १०–१५ मिनेटमा पुगीने गाउँपालिका केन्द्र आउन छिमेकी नगरपालिका उर्लाबारी हुदै करिब ३०–४० कि.मी. दुरी २ घण्टा लगाएर जोखीम पुर्ण यात्रा गर्न बाध्य थियाैं र दैनिक कार्यालयको काममा आउन समेत समस्या हुने गर्याे । एैले ठुला गाडी नचलेपनि मोटरसाइकल र मान्छे  सहजले आवतजावत गर्न पाएकाछाैं ” भन्दै मिक्लाजुङ गाउपालीकाका २ नम्बर वाडाध्यक्ष गौरी प्रसाद राइले खुसी व्याक्त गरे । सरकारले केही बर्ष अगी सबै ठांउका तुइन र तुइन भएका ठाउँमा झोलुंगेपुल र गाडी गुड्ने पुल निर्माण गरी जोखिम मुक्त यात्रा तथा तुइनमुक्त मुलुक बनाइने घोषणा गरेको थियो । सरकारले घोषणा गरेकाे दुइ वर्षपछि ढिला भएपनि योजना पार्न सफल भएको पुल निर्माण उपभोक्ता समिती अध्यक्ष रुद्र बहादुर बस्नेतले दुखेसो पोखे।

पुल बन्नाले स्थानीय उत्पादन बजारसम्म पुर्याउन सकिने भएकाे छ । विद्यार्थीहरूका लागि बर्खामा ढुक्कका साथ विद्यालय अावतजावत गर्ने वाताबरण बनेकाे छ भने  नुनसरीमा अाउने भेलका कारण हुनसक्ने दुर्घटना पनि शून्य भएको छ।

१ सय २० मिटर लम्बाइ रहेको उक्त पुल जिल्ला समन्वय समिती मोरङबाट २७ लाख ७२ हजार ९ सय चालीस रुपैयाँ, मिक्लाजुङ गा. पा. मोरङबाट २ लाख ४ हजार रुपैयाँ, चुलाचुली गा.पा. इलामबाट १ लाख रुपैयाँ र जन श्रमदान १ लाख ६३ हजार गरी जम्मा ३२ लाख ४० हजार तीन सय दुइ रुपैयाँकाे लागतमा उक्त पुकाे निर्माण सम्पन्न भएकाे हाे ।