इटहरी । इटहरीमा रहेको कोशी डेण्टल किल्निक डाक्टरले युवतीलाई दुब्र्यावहार गरेको भन्दै आफन्तले किल्निकमा ताला बन्दि गरेका छन । आईतबार दाँतको उपचार गर्ने आएकी १८ बर्षिय उक्त युवतीलाई उपचार गर्ने बहानामा यौन दुब्र्यावहार गरेको भन्दै युवतीको आफन्तले किल्निकमा तालाबन्दी गरेका हुन । उपचार क्रममा डाक्टर धिरेन्द्र शाहले युवतीको सम्बेदनशिल अंगमा हात लगाए पछि उनी डाक्टरको कक्षबाट भागेर आफन्तलाई सुनाएको प्रत्यक्षदर्शीहरुले जनाएका छन । किल्निकका असिस्टेण्ड काम गदै आएकी कोपिला विश्वकर्माले बहिनि हत्तार हत्तार वावा खै भन्दै डाक्टर कोठाबाट भागेको जनाईन । लगातै डाक्टरलाई मैले के गर्नु भयो भन्दा मैले केहि गरेको छैन भन्नु भयो विश्वकर्माले भनिन् । डाक्टरले दुब्र्यावहार गरेकै भएर बहिनि भागेकी होलिन उनले भनिन् । यता इलाका प्रहरी कार्यलय इटहरीले डाक्टर शाहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलयले भने उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । युवतीको आफन्त तथा स्थानीयवासीले भने यौन दुब्र्यावहार गर्ने डाक्टरलाई कडा भन्दा कडा कार्वार्हीको माग गरेका छन ।
यौन दुर्व्यवहार गरेको भन्दै कोशी डेण्टल हस्पिटलमा ताला
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































